काठमाडौं – ‘मानिस ठूलो दिलले हुन्छ , जातले हुदैन’ भन्ने उत्प्रेरक भनाइ पढ्दा बडो मज्जा संग घत परेता पनि याथार्थमा समाजमा आएर हेर्दा बिल्कुल फरक देखिन्छ । समाजमा हालसम्म पनि जातिय बिभेद गर्ने सामाजिक कुसंस्कारको परपरा कायमै रहेको र मानबीय व्यवहार भन्दा पर रहेर छुवाछुद गर्ने , घर भित्र पस्न नदिने, नपसाउने जातको भनेर हेपाहको व्यवहार गर्ने प्रथा कायमै छ ।

यसै क्रममा भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ८  का समाजसेवी बाबु कृष्ण खत्री एवं परिवारको तर्फबाट दलितहरुलाई आफ्नो घरमा खादा र सम्मान पत्र सहित भित्र्याएर एउटा दरिलो उदाहरण बनेका छन् । एउटा सचेत नागरिकको हैसियतले ठूलै योजना निष्कर्ष निकाल्न नसके पनि सामान्य काम र फरक ढंगले गरौँन भन्ने सोचले हाम्रो परिवारले यस वडामा बडादशैको पर्व फूलपाति भित्र्याउने दिनको अवसरमा आफ्नो वडाका आसपासमा बसोबास गर्ने समाजको तल्लो जाती भनेर भित्र नपसाएका १४ / १५ घर धुरीका व्यक्तिहरुलाई भित्र्याइएको समाजसेवी खत्रीले बताए ।

तुलनात्मक रुपमा जातिय विभेदमा कमी आएको भएपनि अझै पनि समाजमा प्रत्यक्ष तथा अप्रत्क्ष रुपमा विवेद गरेको पाइन्छ । सामाजिक रूपमा सदियौंदेखि जरो गाडेको जातीय विभेद दलित समुदायलाई स- सम्मान घर भित्र प्रवेश गराई सामुहिक भोजन गराएकोमा दलित प्रतिनिधहरुले खुशी व्यक्त गरे ।

मन्दिरमा प्रवेश गर्न, संगै धारामा पानी भर्न, घर भित्र पस्न र संगै बसेर खाने वातावरण अझै पनि दुरदराजमा नभएको अवस्थामा यो कार्यले सबैलाई सकारात्मक संदेश दिएका छन् ।

भिडियो…

तपाईको प्रतिक्रिया