काठमाडौं  – “चिशो चिशो छ मौशम” बोलको गितको फिमेल भर्जन को म्युजिक भिडियो भोलि सार्बजनिक हुने भएको छ ।
मेल भर्जनमा लिम्बुवान आईडल कन्चन थलङ्ग को स्वर रहेको थियो भने फिमेल भर्जनमा भने चर्चित गायिका मेलिना राईको स्वर सुन्न पाईने छ ।


सामाजिक संजाल टिकटकमा कुनै समय एकदमै चर्चित भएको यस गीतमा शब्द संगीत गायक कन्चन थलङ्ग आफैले गरेका छन् ।


प्रकाश लिम्बु को निर्देशनमा तयार भएको यस भिडियोलाई बीबी लिम्बु ले खिचेका हुन् ।
रेखा लिम्बु, नुमिङ शेर्पा, कन्चन थलङ्गको अभिनय रहेको छ । गायक कन्चन थलङ्गको आफ्नै युट्युब च्यानल बाट सार्बजनिक हुदैछ ।

गायक कन्चन थलङ्ग को अफिसियल YouTube च्यानल हेर्न माथि रहेको उहाको नाम लाइ थिच्नुहोला

Male Virsion………….

तपाईको प्रतिक्रिया