अविन लिम्बू

काठमाडौं – फिल्मकर्मी तथा चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको निधन भएको छ। । आइतबार राति अनामनगरस्थित घरबाट चाबहिलस्थित ओम अस्पताल लैजाँदै गर्दा भट्टराईको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले जानकारी दिए।  राति १० : २०  बजे ओम  अस्पतालमा पुर्‍याउँदा चिकित्सकले भट्टराईलाई मृत घोषणा गरेको लामाले बताए। निधनको खास थाहा नभए हृदयघात भएको हुनसक्ने चिकित्सकलाई उदृत गर्दै लामाले दिएको जानकारी दिए।

भट्टराईले दर्जनौं चलचित्रहरु तथा टेलिसिरियलहरुमा अभिनय गरेका थिए भने ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’, ‘कर्मयोद्धा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’, ‘यात्रा’ लगायतका चलचित्रहरु निर्माण गरेका थिए ।

करिब एक बर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका भट्टराईले केही राम्रा कामको शुरुवात गरेको चलचित्रकर्मीहरु बताउँछन् । चलचित्र विकास बोर्डमा रहेर यस क्षेत्रका लागि केहि गर्छु भन्ने भट्टराईको विश्वास अधुरो बनेको छ ।

तपाईको प्रतिक्रिया