काठमाडौं – यो वर्षको पहिलो दिन प्रदर्शनमा भएको चलचित्र ‘जारी’ को सफलतापछि अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडीलाई अभिनय गराउने क्रम बढेको छ ।

उहाँ दुईले ‘नाङ्गो गाउँ’ र ‘रङ्गेली ग्याङस्टर’ पश्चात ‘घर ज्वाईँ’ मा अभिनय गर्ने तय भएको छ । दर्शक माँझ लोकप्रिय रहेकै कारण दुवैलाई कलाकारको रुपमा अनुबन्धित गरिएको निर्माता जनक घर्तीमगरले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “चलचित्रमा हामीले केही कलाकार अनुबन्धित गरिसकेका छौँ । यसको अहिले लेखनको चरणमा छौँ । आउँदो माघबाट छायाङ्कन गर्ने छौँ ।” उहाँका अनुसार अनिल मगरले निर्देशन गर्नुहुने चलचित्रमा वुद्धि तामाङ, शिशिर बाङ्ग्देल, पुस्कर गुरुङ, राज थापालगायत अनुबन्धित भइसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया