काठमाडौं – गायन समाज ताप्लेजुङ – काठमाडौंद्वारा रियालिटी सो कमेडी च्याम्पियन (सिजन – २) बिजेता ताप्लेजुङका भरतमणी पौडेललाई बधाइ कार्यक्रम सपन्न भएको छ ।

अनामनगर स्थित रुबुशा कृएटिभको कार्यालयमा आज ताप्लेजुङ काठमाडौंका कलाकारहरुले
बिजेता पौडेललाई बधाइ तथा शुभकामना दिइएको हो ।

शनिबार भएको फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई हराउँदै उनी (सिजन २) को विजेता बनेका हुन्।

पूर्वयुवराज पारस शाह,राजेन्द्र महतो, गोकूल बाँस्कोटाको क्यारिकेचर गरेर चर्चामा आएका भरतमणीको प्रस्तुतिले निर्णायक र दर्शकको मन जितेका थिए ।

तपाईको प्रतिक्रिया