भरतपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धरानमा पछिल्लो समय विकास भएको घटनाबारे सबै पक्ष संवेदनशील बन्नुपर्ने धारणा राख्नुभएको छ ।

कार्यक्रमका सहभागी हुन चितवन आउनुभएका लामिछानेले भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सामाजिक सञ्जालमा वैमनश्यता फैलाउने प्रतिक्रिया नदिन र संवादको माध्यमबाट समस्या समाधानमा जोड दिन सबैलाई आग्रह पनि गर्नुभयो । उहाँले कुनै पनि अतिवादलाई स्वीकार गर्न नसकिने भन्दै सबै पक्ष शान्तिपूर्ण ढङ्गले अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले सबैलाई सद्भाव कायम राख्न अपिल समेत गर्नुभयो ।

सभापति लामिछानेले आमसञ्चार माध्यममा त्रियाशीलहरुलाई अझ बढी जिम्मेवार भएर लाग्न अनुरोध गर्नुभयो । उहाँले सामाजिक सञ्जालका प्रयोगकर्ता रहेका जुनकुनै दलका समर्थक सदस्य भए पनि यस्ता घटनामा संयमित हुन र एक अर्काको धर्म, आस्था र संस्कारलाई सम्मान गर्न आग्रह गर्नुभयो । सभापति लामिछानेले भरतपुरमा चलाइएको मोबाइल क्लिनिक र ब्लु बसको बारेमा टिप्पणी गर्दै आफूहरुले केही नयाँ परिवर्तन गर्न खोजेको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “यसबाट भविष्यमा बहुआयामिक ढङ्गबाट सोचेर अगाडि बढ्नुपर्छ भन्ने शिक्षा प्राप्त भएको छ ।” उहाँले संसदीय समितिमा सत्तापक्ष र प्रतिपक्षको भागबण्डा भएको भन्दै आफूले पनि उम्मेदवारी दिन लागेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया