सुजन तामाङ्ग ( लोपेन)

रसुवा – नेपाली चलचित्र अभियानको छायांकन धमाधम भइरहेको छ । धनकुटाको हिले भन्दा केही उत्तरमा रहेको उत्तरपानी भन्ने स्थानमा चलचित्रको छायांकन भइरहेको छ । करिव ९०% प्रतिशत छायांकन सम्पन्न भएको निर्देशक लाखमान योन्जनले जानकारी दिनु भएको छ ।

हामीले करिव ९०% प्रतिशत सुटिङको छायांकन सकेको अब केही दिनको धनकुटा बसाई पछी बाकी केही अंश काभ्रेको तेमल ,रसुवाको गोल्जुङ, त्रिशुली ककनीको रुम्बा राजा दरबार (स्मृति) स्थित छायांकन गर्ने तयारी रहेको निर्देशक योन्जनको भनाई थियो ।

काभ्रे सँगै रसुवा तथा इलामको बौद्ध धाममा पनि चलचित्रको छायांकन हुने जानकारी भएको छ यस अभियान चलचित्रको मुख्य भुमिका निभाउनु हुने कलाकारहरु Dawa Finjo Tamang Syangtan ShyAmu RaSmila Tamang Lama Amar जय नान्दा लामा, दिनेश लामा,राजेस लेप्चा ,रितेश जंग खत्री , दिनेश कोइराला ऎतिहासिक तामाङ थाकथलो किपट को कथामा निर्माण भएको चलचित्रमा प्रमुख भूमिकामा जयनन्द लामा, अमर पाख्रिन तामाङ,, रश्मिला वाइवा तामाङ, रितेश जंग खत्री, दिनेश तामाङ, दिनेश कोइराला ‘डिकु’, मदन राइ, सम्भु योञ्जन तामाङ, गजम घिसिङ्ग, कमल राइ, मेनुका राइ, कुमारी लिम्बु, कृष्ण काफ्ले, सन्तोस राइ, नुनु बोम्जन तामाङ सरोज धामला लगायत थुप्रै कलाकारहरुको अभिनय रहेको पाइन्छ।

पुर्बी धनकुटा हिले उतर पानी स्थित धमाधम चलिरहेको सुमन योन्जनको छायांकनमा रहेको अभियान चलचित्रको निर्देशक लाख मान योन्जनले निर्देशन गर्नु भएको छ भने शृङ्गार करुणा लिम्बुले सगाउनु भएको जानकारी तामाङले दिनु भएको छ।

तपाईको प्रतिक्रिया