काठमाडौं – हास्य टेलिचलचित्र ‘उकुस मुकुस’ ले छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ । यो समाचार तयार पारुन्जेल यसको ११औं भाग भने ट्रेन्डिङको दोस्रो नम्बरमा छ ।

यो टेलिचलचित्रमा दिलीप तामाङ (हुरहुर) वेदना राई (मैना) सोहन थापा मूर्ति, दीपेन्द्र प्रसाईं, देवी आले, प्रकाश लिम्बू, नहकुल भट्टराई, टुल्कु तामाङ, रमेश बुढामगर, दीपक लम्साल, सोहन थापा, श्याम बुढाथोकी, जयनन्द लामा र रामचन्द्र अधिकारीलगायतको अभिनय रहेको छ ।

पटकथा र संवाद भने केदारप्रसाद घिमिरे (माग्ने बूढा) र दिलीप तामाङ (हुरहुर)कै छ भने निर्माता नकुल भट्टराई हुन् ।

सीतादेवी तिमिल्सेना र दिलीप तामाङ हुरहुरको निर्देशनमा बनेको ‘उकुस मुकुस’ मा गाउँ घरमा प्रयोग हुने झर्रा शब्द राखिएको छ ।

‘उकुस मुकुस’ का कलाकारहरुको जीवन्त अभिनय, उत्कृष्ठ कथा संयोजनले नै दर्शकको माया पाउन सफल भएको निर्माण टिमले जनाएको छ ।
भिडियो..

तपाईको प्रतिक्रिया