काठमाडौँ – तनहुँमा आन्तरिक पर्यटन पुनरूथान समिति गठन भएको छ । समितिको अध्यक्षमा विकास खनाल सर्वसम्मत चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा विपिन प्रधान, सचिवमा किशन प्रधान, कोषाध्यक्षमा फूलमति थापा र सदस्यहरुमा रामचन्द्र खड्का, सुजन अधिकारी, सुजन श्रेष्ठ, अरूण श्रेष्ठ र सङ्गीता प्रधान चयन हुनुभएको छ ।

आन्तरिक पर्यटन पुनरूथान समिति ९गण्डकी प्रदेश० का संयोजक अग्नि कँडेल, सहसंयोजक सञ्जयकान्त सिग्देल तथा सदस्यसचिव विमल कँडेलको उपस्थितिमा समिति गठन गरिएको हो । कार्यक्रममा संयोजक कँडेलले तनहुँ जिल्लामा आन्तरिक पर्यटनसम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरी कोभिड–१९ बाट प्रभावित भएको पर्यटनलाई गतिशील बनाउनका लागि समिति गठन गरिएको बताउनुभयो ।

kxf8sL /fgL alGbk’/ ahf/sf] ;’Gb/ b[Zo . alGbk’/ kl5Nnf] ;do cfGtl/s Pj+ afXo ko{6sx?sf] uGtJo :ynsf] s]Gb|laGb’ ag]sf]] 5 . t:jL/ M ;fg]axfb’/ g]kfnL, /f;;, tgx’F

निर्वाचित अध्यक्ष खनालले सबै स्थानीय तह, पर्यटन सङ्घसंस्थालगायतसँग समन्वय गरी आन्तरिक पर्यटनलाई माथि उकास्न पहल गरिने बताउनुभयो । यसैबीच समितिको पहिलो बैठकले तीन जनालाई सल्लाहकारमा चयन गरेको छ । तनहुँ पर्यटन विकास समितिका अध्यक्ष हरिसिं गुरुङ, तनहुँ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष बैकुण्ठनाथ मिश्र र बन्दीपुर होटल व्यवसायी वैश गुरुङ सल्लाहकारमा चयन हुनुभएको छ ।

तपाईको प्रतिक्रिया