‘आगो पिएर बाच्ने, बिबस मेरो कथा छ,
जलेछु भित्र -भित्रै, छाती भरी ब्यथा छ’

काठमाडौं – जुन चर्चित गीत मेल भर्सनको लोकप्रियतासंगै यो गीत पछिल्लो पटक फिमेल भर्सनमा गायिका दिपा सुहाङको स्वरमा सार्वजनिक भएको छ । रिमा इन्टरटेन्मेन्ट युट्यब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

जन्मथलो पाँचथरमा भएपनि कर्मथलो काठमाडौं बनाइरहुनु भएकी गायिका सुहाङले करिब तीन दर्जन भन्दा बढी गीतहरु गाइसकेकी छन् ।

गीतमा जिवनाथ धमलाको शब्द रहेको छ भने संगीत नारायण रायमाझीको रहेको छ। एरेञ्ज मनोज खड्का र मिक्सिङ श्याम श्वेत रसाइलीको रहेको छ । मिराज अ¥यालले छायांकन र सम्पादन गरेका हुन् ।

केही महिना अघि यो गीत मेल भर्सनमा प्रसान्त तामाङले गाइसकेका छन् । यस गीतका ओर्जिनल गायक भने लक्ष्मि सृजन बजगाई हुन।
भिडियो……

तपाईको प्रतिक्रिया