काठमाडौं – बिबि लिम्बु र बिन्दु राईको स्वर रहेको ‘आकाशैमा जुन, धर्तीमा तिमी नम्बरी सुन’ गीत सार्वजनिक भएको छ ।

जीत लिम्बूको शब्द संगीत रहेको पुर्वेली गीतलाई कृष्णभक्त राईले एजेन्ज गरेका छन् भने रेकडिङ सागर पुन र मिक्सिङ कुमार सानु पुनले गरेका हुन् ।

प्रकाश लिम्बूले निर्देशन गरेको भिडियोमा सोनिया लिम्बु र रमेश सुनुवार मुख्य फिचरिङ रहेको गीतको भिडियोमा तिलक दाहाल, सिता कुमारी तुम्बापो र माधब सुनुवारको अभिनय रहेको छ ।

छायांकन बिबी लिम्बू र डम्बर राइले गरेका छन् भने सम्पादन पनि बिबी लिम्बूकै रहेको छ । यस्तै श्रृङ्गार यमुना पाण्डे, डिजाइन पर्शु थलङ, कोरियोग्राफी छबि थापाले गरेका छन् ।

भिडियो..

तपाईको प्रतिक्रिया