काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सञ्चारमाध्यमले आगामी जेठ मसान्तसम्म नवीकरण गराउन सक्ने व्यवस्था गरेको छ ।

कोभिड–१९ पछिको अवस्थामा सञ्चारमाध्यममा आर्थिकलगायत विविध समस्या देखा परेका समयमा ती माध्यमलाई सहज हुने गरी सञ्चारमन्त्री पार्वत गुरुङको पहलमा सो निर्णय भएको हो । मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले यही फागुन २४ गते नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सो जानकारी गराउनुभएको छ ।

अनलाइन सञ्चारमाध्यम निर्देशिका, २०७३ को दफा ५ बमोजिम दर्ता भएका अनलाइन सञ्चारमाध्यम प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले छ महिनाभित्र अर्थात् पुस महिनाभित्र नवीकरण गराउनुपर्ने भन्ने व्यवस्था रहेकामा सोही निर्देशिकाको दफा ६ को (१) बमोजिम यस अघि राजपत्रमा सूचना प्रकाशन गरिकामा पछिल्लो सूचनाले संवत् २०७८ जेठ मसान्तभित्र अनलाइन सञ्चारमाध्यमले नवीकरण गराउने गरी तोकिएको उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया