उद्योगी मालामाल, किसानको बेहाल
जनकपुरधाम - महंगी बढ्यो। उद्योगीले चिनीको भाउ सोचेजस्तै पाउँछन्। छुवा, बकासले चिनी मिल मालिकले थप आम्दानी गर्छ। महंगीले उखु खेतीमा लगानी थपियो। तर, किसानले भने उखुको मूल्य लगानी अनुसारले पाउँदैनन्।
तीन वर्षअघिकै मूल्यमा यतिखेर किसान चिनी मिललाई उखु बुझाउन बाध्य छन्। यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा तोकिएको छ। यो मूल्य तीन वर्ष अघिकै मूल्य हो। उखु बालीलाई सरकारले नगदे ख...