मोरङ लेटाङ नगरपालिका ९ जाते गाउँका किसान गोलभेडा खेतिमा होमिएका छन् । यस गाउँका अधिकांश किसानको खेतवारीमा यति बेला गोलभेडा लटहरम्म छन् ।
उत्तरी मोरङ कृषि महिला सहकारी सस्थाले आफना सेयर सदस्यलाई विउ बिजन तथा टनेलहरुमा सहयोग गरे सगै सहकारीका अधिकांश सदस्य गोलभेडा खेतिमा लागेका छन् । ३ सय सेयर सदस्य रहेको सहकारीमा २ सय ५० ले गोलभेडा खेति गर्ने गरेका छन् । दैनिक ३ सय क्यारेटसम्म अर्थात ७ हजार किलोसम्म गोलभेडा बजारमा जाने गरेको किसानहरुले जनाएका छन् ।

यहँँको किसानको आर्थिक जीवन गोलभेडाले फेर्न थालेको छ । विगत केहि बर्षदेखि धान,गहुँ, मकै जस्ता वाली छाडेर ब्यासायिक गोलभेडा खेतिमा लागेका किसानले यसबाट राम्रो आम्दानी भएका कारण आर्थिक जीवन बद्लिएको जनाएका हुन ।

गोलभेडा नगदे वालीका रुपमा परिणत भएकोले यसको खेतितर्फ आकर्षण बढेको किसानहरुको भनाई छ । किसान गायत्री खतिवडाले गत बर्ष ५ कट्ठा क्षेत्रफल जग्गामा गोलभेडा लगाएकोमा यस वर्ष १५ कट्ठामा लगाएको बताईन । ३० हजार रुपैयाँ खर्च गरेर ५ कट्ठामा लगाएको गोलभेडाबाट २ लाख ५० हजार भन्दा वढि आम्दानी भएकाले खेतिको मात्रा बढाएर १५ कटठा पुर्याएको उनले बताईन । यस बर्ष छिट्टै चिसो शूरु भएकाले गत वर्ष भन्दा आम्दानी कम हुने अनुमान गरिए पनि धान खेति भन्दा यसबाट चार गुणा बढि फाईदा हुने उनको भनाई छ । -नयाँ पत्रिका

तपाईको प्रतिक्रिया