कानुन कार्यान्वयनमा न्यायालय सक्षम र चनाखो हुनुपर्छ – प्रधानमन्त्री

कानुन कार्यान्वयनमा न्यायालय सक्षम र चनाखो हुनुपर्छ – प्रधानमन्त्री
काठमाडौं - प्रधानमन्त्री केपी ओलीले समाजको चेतनास्तर, मूल्य र मान्यताका आधारमा नयाँ परिवेशअनुसार कानुनहरू परिवर्तन हुँदै जाने भएकाले त्यसको कार्यान्वयनमा न्यायालय सक्षम र चनाखो रहनुपर्ने बताएका छन् ।  रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयको नवनिर्मित भवनको उद्घाटन तथा सरकारी वकिलहरूको तेस्रो राष्ट्रिय सम्मेलन बुधबार उद्घाटन गर्दै  प्रधानमन्त्री ओलीले समाज र चेतनाको स्तरमा आउने परिवर्त...

बेलायतबाट नेपाल आएका व्यक्ति १० दिन क्वारेन्टिनमा बस्नु पर्ने

बेलायतबाट नेपाल आएका व्यक्ति १० दिन क्वारेन्टिनमा बस्नु पर्ने
काठमाडौं - सरकारले संयुक्त अधिराज्य (बेलायत)बाट नेपालमा आएका व्यक्ति अनिवार्यरुपमा दशदिन होटल क्यारेन्टिनमा बस्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज विज्ञप्ति जारी गर्दै बेलायतमा नयाँ प्रकारको कोभिड–१९ को प्रजाति देखिएकाले त्यहाँ आउने व्यक्ति अनिवार्य १० दिन क्वारेन्टिनमा बस्न अनुरोध गर्नुभएको छ । उक्त नयाँ जातको प्रजातिको भाइरसको रोकथाम र नियन्त...

पिपल्स च्वाइस अवार्ड,महिला खेलाडीको वर्चस्व

पिपल्स च्वाइस अवार्ड,महिला खेलाडीको वर्चस्व
काठमाडौं - नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार सार्वजनिक गरेको मनोनयनमा गौरिकासँगै कराँतेका मण्डेकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेका छन्। गत वर्ष उनीहरूले खेलमैदानमा हात पारेको सफलता र चर्चाका आधारमा मनोनयनमा परेका हुन्।   यस विधामा पाँच खेलाडी रहने गर्छन् । यसपालि महिला खेलाडीको बाहुल्यता रहेको छ । मनोनयनमा परेका ५ मध्ये ४ महिला खेला...

कोभिडविरुद्धको खोप सबै नेपालीलाई निःशुल्क

कोभिडविरुद्धको खोप सबै नेपालीलाई निःशुल्क
काठमाडौं - सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउनेभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नफिज) को केन्द्रीय कार्य समितिलाई शुक्रबार मन्त्रालयमा स्वागत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुराको जानकारी दिनुभएको हो ।जनताको जीवनरक्षा राज्यको पहिलो दायित्वका रूपमा वर्तमान सरकारले लिएको र त्यसलाई कार्यान्वयन गर्न कोभिड विरुद्धको भ्याक्सिन सबै नेपालीलाई न...

आजबाट हट्यो जोरबिजोर प्रणाली

आजबाट हट्यो जोरबिजोर प्रणाली
काठमाडौं - उपत्यकामा आजदेखि सवारी साधनमा जोर बिजोर प्रणाली हटेको छ । कोरोना महामारीका कारण लामो समयदेखि जोर-बिजोर प्रणाली अनुसार सवारी साधन चलाउने गरिएको थियो । काठमाडौं जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकले सार्वजनिक सवारीमा जोरबिजोर कायम गर्दा झनै भीड बढेको निष्कर्ष निकालेको हो । आजबाट सुरक्षा माप...

टीकापुर घटनाका दोषी रेशमलाल चौधरी र लक्ष्मण थारूलाई जन्मकैद

टीकापुर घटनाका दोषी रेशमलाल चौधरी र लक्ष्मण थारूलाई जन्मकैद
डोटी - उच्च अदालत दिपायल राजपुरले सांसद रेशमलाल चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ । बिहीबार रातिसम्म उच्च अदालत दिपायलमा भएको बहसमा सांसद चौधरीसहित अन्य सात जनाको हकमा जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलालीले यसअघि गरेको आदेश सदर गरेको हो । अदालतले लक्ष्मण थारूलाई पनि जन्मकैदको सजाय सुनाएको छ । यसअघि घटनाका अर्का दोषी थारूलाई भने जिल्ला अदालत कैलालीले धरौटीमा छाडेको थियो । एक प्रहरी वरिष्ठ उ...

अस्पताल जान समस्या भएपछि चन्दा उठाएर एम्बुलेन्स

अस्पताल जान समस्या भएपछि चन्दा उठाएर एम्बुलेन्स
चितवन - दूधपोखरी सम्पर्क समाज चितवनले लमजुङको दूधपोखरी गाउँपालिकाका जनताको स्वास्थ्य उपचारमा सहयोग पुर्याउन एम्बुलेन्स खरिद गरेको छ । लमजुङको दूधपोखरी गाउँपालिका जन्मघर भई हाल चितवनमा बसोबास गर्नेको संस्था दूधपोखरी सम्पर्क समाजले चन्दा सङ्कलन गरेर एम्बुलेन्स खरिद गरिदिएको हो । समाजका अध्यक्ष होमनाथ न्यौपानेका अनुसार रु ११ लाख ५० हजारमा एम्बुलेन्स खरिद गरिएको हो । एम्बुलेन्स खरिद गर्न चितवनसहित...

यातायात व्यवसायीले शुक्रबारबाट जोरबिजोर नमान्ने

यातायात व्यवसायीले शुक्रबारबाट जोरबिजोर नमान्ने
काठमाडौं - यातायात व्यवसायीले शुक्रबारबाट उपत्यकामा जोरबिजोर प्रणाली नमान्ने निर्णय गरेका छन् । उपत्यकामा मात्र असोज १ बाट लागू भएको जोरबिजोर प्रणाली यात्रुको चाप बढ्दा पनि कायमै रहेको भन्दै व्यवसायी सबै सवारी सञ्चालन गर्ने निर्णयमा पुगेका हुन् । सबै क्षेत्र खुल्दै गएपछि सवारी साधनमा यात्रुको चाप बढ्दो छ । तर जोरबिजोर प्रणालीले गर्दा सवारीको संख्या भने कम छ ।नेपाल यातायात व्यवसायी राष्ट्रिय म...

शिक्षकलाई ठेक्कापट्टा र राजनीतिमा नअल्मलिन शिक्षामन्त्रीको आग्रह

शिक्षकलाई ठेक्कापट्टा र राजनीतिमा नअल्मलिन शिक्षामन्त्रीको आग्रह
झापा -शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयका शिक्षक र प्रधानाध्यापकलाई ठेक्कापट्टा र राजनीतितिर नभई पठनपाठनको गुणस्तर सुधार्नतिर ध्यान दिन आग्रह गरेका छन्।   मेचीनगर नगरपालिका–८ स्थित आदर्श माध्यमिक विद्यालयको नयाँ पुस्तकालय भवनको उद्घाटन गर्दै उनले शिक्षालाई प्रविधिमैत्री बनाउन शिक्षकले मेहनत गर्नुपर्ने बताए।   झापाको नमूना विद्यालयका रुपमा चिनिएको आदर्श माविमा संघ...

‘माछा त मारी सितारा’ सार्वजनिक

‘माछा त मारी सितारा’ सार्वजनिक
काठमाडौं - सुबास तामाङ, शशीकला मोक्तान र बबिता पाख्रिनको स्वरमा रहेको छेवार गीत ‘माछा त मारी सितारा ’ बोलको गीत सार्वजकि भएको छ । https://www.youtube.com/watch?v=HQ0NGYbAFOw उक्त गीतमा प्रेम लोप्चन, अमिर दोङ, कुइसाङ रुम्बा, खेम मोक्तान, मिलन थिङ, सुस्मा मोक्तान, पुर्णिमा थोकर, यंमी दोङ, पुष्पाञ्जली लोप्चन, दिपा घिसिङ र साइना तामाङ आदिको अभिनय रहेको छ । बैरागी मोक्तानको शब्द/संगीत र...