काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार सार्वजनिक गरेको मनोनयनमा गौरिकासँगै कराँतेका मण्डेकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेका छन्। गत वर्ष उनीहरूले खेलमैदानमा हात पारेको सफलता र चर्चाका आधारमा मनोनयनमा परेका हुन्। 

 यस विधामा पाँच खेलाडी रहने गर्छन् । यसपालि महिला खेलाडीको बाहुल्यता रहेको छ । मनोनयनमा परेका ५ मध्ये ४ महिला खेलाडी छन् । अवार्ड कार्यक्रम पुस २८ गते हुनेछ। उत्कृष्ट पुरुष, महिला, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेतालाई पल्सर मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ भने अन्य विधाका विजेताले ५० हजार रुपैयाँसहित आकर्षक उपहार प्राप्त गर्नेछन्। 

मनोनयनमा रहेका खेलाडीमध्ये एक जना विजेताको छनोट ईसेवामार्फत भोटिङ, फेसबुक लाइक, मञ्चका पत्रकार र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको भोटको आधारमा गरिनेछ। भोटिङका लागि ईसेवाको एप डाउनलोड गरी आफूलाई मनपर्ने खेलाडीलाई भोट गर्न सकिने व्यवस्था छ। भोटिङका लागि मञ्च र ईसेवाबीच शुक्रबार नै सम्झौता भएको छ। सम्झौतापत्रमा मञ्चका महासचिव प्रज्वल ओली र विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाका सीओओ रोशन लामिछानेले हस्ताक्षर गरे। ‘पिपल्स च्वाइस अवार्ड’ विजेताले पल्सर मोटरसाइकलसँगै आकर्षक उपहार पाउनेछन्। 

तपाईको प्रतिक्रिया