स्थानीयवासी आफैँले निकाले गाउँमा दूधकोशीको पानी

स्थानीयवासी आफैँले निकाले गाउँमा दूधकोशीको पानी
खोटाङ - हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवाका स्थानीय बासिन्दाले दूधकोशीको पानी लिफ्टिङ प्रविधि अपनाएर गाउँमा निकालेका छन् । सुक्खाग्रस्त क्षेत्रमा पर्ने बाहुनीडाँडाका स्थानीय बासिन्दाले घरायसी प्रयोजन तथा कागती खेती, बाख्रा तथा कुखुरापालन गर्न करिब एक हजार ७९० मिटरमाथि रहेको थामडाँडामा दूधकोशीको पानी निकालेका हुन् । दूधकोशीको सान्ने दोभानबाट २० किलोवाट क्षमताको सोलार प्यानल जडान ...

कोरियाले विदेशी अवैधानिक बच्चालाई वैधानिकता दिने तयारी

कोरियाले विदेशी अवैधानिक बच्चालाई वैधानिकता दिने तयारी
सउल - दक्षिण कोरिया सरकारले यहाँ रहेका अवैधानिक विदेशी कामदारबाट जन्मिएका सबै बच्चालाई वैधानिकता दिने तयारी गरेको छ । दक्षिण कोरियाभित्र जुनसुकै ठाउँमा र जुन कुनै देशका नागरिक भए पनि तिनीहरूमार्फत जन्मिएका बच्चालाई वैधानिक तवरले दर्ता गरिने भएको हो । यहाँको कानून मन्त्रालयका अनुसार कुनै पनि बच्चा बालअधिकार तथा सरकारी सुविधाबाट वञ्चित नहुन् भन्ने उद्देश्यअनुरुप सो नियम ल्याउन लागिएको हो । यहाँक...

राससको सशक्तीकरण

राससको सशक्तीकरण
सुशील घिमिरे काठमाडौं - टेलिफोन, मोबाइल र सामाजिक सञ्जालको विकास नभएका अवस्थामा समाचार सङ्कलन गरी टाइपराइटरमा समाचार लेखेर ग्राहककहाँ सम्प्रेषण गर्ने गरेको यसको इतिहास छ । एपी, एएफपी, पिटिआई, सिन्हालगायत विश्वका न्युज एजेन्सीसँगको यसको सहकार्य अहिले पनि कायम छ । समाचारको स्तरीयता र भाषिक शुद्धता तथा प्राविधिक र व्यवस्थापकीय शब्दहरुको सही प्रयोग गर्न समाचार शैली पुस्तिका (स्टाइल बुक) समेत प्रका...

कुनै पनि अपराधको राजनीतिकरण गर्नु हुँदैन : नेता साउद

कुनै पनि अपराधको राजनीतिकरण गर्नु हुँदैन : नेता साउद
बैतडी - नेपाली कांग्रेसका नेता तथा पार्टीका केन्द्रीय सदस्य एनपी साउदले कुनै पनि अपराधको राजनीतिकरण गर्न नहुने बताउनुभएको छ । नेपाल प्रेस युनियन बैतडीले बिहीबार पाटनमा गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्रीसमेत रहनुभएका नेता साउदले भागरथी भट्टको बलात्कारपछि हत्या भएपछि सार्वजनिक गरिएका अभियुक्तमाथि राम्रोसँग छानबिन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली कांग्रेस कुनै पनि अपराधको राजनीतिकरण...

एशियाकै पहिलो सुरुङमार्गको पुनःनिर्माणका लागि बोलपत्र आह्वान

एशियाकै पहिलो सुरुङमार्गको पुनःनिर्माणका लागि बोलपत्र आह्वान
वाग्मती - एशियाकै पहिलो मानिएको चुरियामाई सुरुङमार्गको पुनःनिर्माणका लागि विहीबार बोलपत्र आह्वान गरिएको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले करिब रु पाँच करोडको अधिकतम सीमाभित्रमा सुरुङमार्गको निर्माण सम्पन्न गर्न सक्ने ठेकेदार कम्पनीलाई प्रस्ताव प्रस्तुत गर्न आह्वान गरेको यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा सहदेवबहादुर भण्डारीले जानकारी दिन...

‘रबर खेतीका पिता’ झापामा सम्मानित

‘रबर खेतीका पिता’ झापामा सम्मानित
झापा - गिरिजाप्रसाद कोइराला फाउन्डेसनले ‘रबर खेतीका पिता’ भनेर परिचित नेपालमा रबर खेतीको पहिलो अनुसन्धाता तिलकबहादुर भण्डारीलाई विहीबार झापामा सम्मान गरेको छ । पूर्व उपप्रधानमन्त्री तथा फाउन्डेसनका अध्यक्ष सुजाता कोइरालाले झापाको बुद्धशान्ति गाउँपालिकालाई रबर ग्राम घोषणा गर्न आयोजित कार्यक्रममा उहाँलाई दोसल्ला र प्रमाणपत्र प्रदान गरी सम्मान गर्नुभयो । तीन दशकअघि भण्डारीले अनुसन्धान गरी नेपालमा...

‘बलात्कारपछि हत्या गरेको स्वीकारे दिनेशले’

‘बलात्कारपछि हत्या गरेको स्वीकारे दिनेशले’
बैतडी - बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न रहेका भनिएका अभियुक्त दिनेश भट्टले बयान फेरेका छन् । आज सरकारी वकिल कार्यालयमा लिइएको बयानमा दिनेशले बलात्कारपछि हत्या गरेको स्वीकारेका दिनेशका बुुवा दीपकराज भट्टले जानकारी दिनुभयो । बुधबार सार्वजनिक गरिएका दिनेशले यसअघि आफूले हत्या मात्रै गरेको बताउँदै आएका थिए । तर आज दिनेशका ब...

राष्ट्रपतिबाट कैदीबन्दीको कैद सजाय मिनाहा

राष्ट्रपतिबाट कैदीबन्दीको कैद सजाय मिनाहा
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा विभिन्न कैदीबन्दीको कैद सजाय माफी दिनुभएको छ । मन्त्रिपरिषद्को सिफारिशमा उहाँले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिनुभएको हो । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार र्खिहाङ लिम्बूसमेतका ४०१ कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ । लिम्बूलगायतलाई ‘फौ...

राष्ट्रिय महिला लिग : चन्द्रपुरलाई हराउँदै वालिङ तेस्रो स्थानमा

राष्ट्रिय महिला लिग : चन्द्रपुरलाई हराउँदै वालिङ तेस्रो स्थानमा
काठमडौं - राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज भएको खेलमा स्याङ्जाको वालिङ नगरपालिकाले चन्द्रपुर नगरपालिकालाई पराजित गर्दै लिगको तेस्रो स्थानमा उक्लेको छ । सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा वालिङले चन्द्रपुर नगरपालिकालाई ३–० गोलअन्तरले पराजित गरेको हो । लिगको अन्तिम खेलमा वालिङका लागि हिमा रावत, अमिशा कार्की र विदेशी खेलाडी मेथो रुथले एक एक गोल गर्नुभयो । खेलको १७ औं मि...

प्रजातन्त्र दिवस विशेष : एक कमाण्डरको सम्झना

प्रजातन्त्र दिवस विशेष : एक कमाण्डरको सम्झना
बागलुङ - काठमाडौँमा जन्मे पनि शहीद थीरबम मल्लको बाल्यकाल बागलुङको गलकोटमा बित्यो । गलकोटका अन्तिम राजा भरतबमका माइला छोरा उहाँ सानैदेखि निर्भिक, न्यायप्रेमी र सत्यको पक्षपाती हुनुहुन्थ्यो । त्रिचन्द्र कलेजमा आइएस्सी सकेर थीरबम सैन्य तालिमका लागि भारतको देहरादुन पुग्नुभयो । त्यसताका सरकारले सेनामा आउन चाहने युवालाई छनोट गरेर पढ्न भारत पठाउँथ्यो । थीरबम भने व्यक्तिगत पहल र खर्चमा देहरादुन जानुभय...