पल शाहलाई साढे दुई वर्ष जेल सजाय, बलात्कार मुद्दामा भने पाए सफाइ
काठमाडाैं - अभिनेता पल शाहलाई साढे २ वर्षको कैद सजाय सुनाइएको छ। जिल्ला अदालत नवलपुरले अभिनेता शाहलाई बाल यौन दुरुपयोगको मुद्दामा दोषी ठहर गर्दै साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको हो।
शाहलाई बलात्कारको मुद्दामा भने सफाइ दिएको छ। गत चैतमा शाहलाई नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो। उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग गरिएपनि बलात्कार मुद्दामा दोषी नदेखिएप...