चलचित्र ‘काँडेतार’को च्यारिटी सो

चलचित्र ‘काँडेतार’को च्यारिटी सो
धनगढी - नेपाली कथानक चलचित्र काँडेतारको च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ । चलचित्र काँडेतारले नेपाल–भारत सीमा क्षेत्रमा भइरहेको नेपालीमाथि अत्याचार र नेपाली भूमिमाथि भइरहेको हस्तक्षेप उजागर गर्दै भारतीय विस्तारवादविरुद्ध जुर्मुराउनु पर्ने सन्देश दिएको छ । सीमा रक्षाकोे क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका शहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ सो चलचित्रको च्यारिटी सो देखाइएको हो । ...

अञ्जू पन्तको स्वरमा आकाश झरे जस्तै..

अञ्जू पन्तको स्वरमा आकाश झरे जस्तै..
काठमाडौं - अञ्जू पन्तको स्वरमा रहेको आकाश झरे जस्तै बोलको गीत सार्वजनिक भएको छ । भिडियो रोमियो फिल्मस् अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । अनिता लिम्बूको शब्द रहेको छ भने संगीत तथा एरेञ्ज रुद्र जीएमले गरेका हुन् । बिबी लिम्बूले निर्देशन र सम्पादन गरेको भिडियोमा सीता कुमारी तुम्बापोको अभिनय रहेको भने छायांकन अंगराज बोहराको रहेको छ । भिडियो.... https://www.youtube.com/watch?v...

नाम परिवर्तन भएसँगै जुट्यो सहमति

नाम परिवर्तन भएसँगै जुट्यो सहमति
काठमाडौँ - चलचित्र ‘एक भगवत् गीता’ को शीर्षक परिवर्तन गरेर प्रदर्शन गर्ने सहमति जुटेको छ । आज चलचित्र विकास बोर्डमा भएको छलफलमा विश्व हिन्दू महासङ्घ, शिव सेना नेपाल, विश्व हिन्दू युवा सङ्घ, जगत्गुरु आश्रमलगायत १३ संस्था आबद्ध हिन्दू जागरण नेपालले नयाँ नाम ‘एक भगवत् र एक गीता (सामाजिक कथा) नाममा चलचित्र प्रदर्शन गर्दा आपत्ति नरहेको जनाएको छ । यसअगाडिको नामले सनातन धर्ममाथि चोट पु¥याएको भन्दै प्र...

विवादमा ‘एक भगवत् गीता’

विवादमा ‘एक भगवत् गीता’
काठमाडौं - विश्व हिन्दू महासङ्घ, शिव सेना नेपाल, विश्व हिन्दू युवा सङ्घ, जगतगुरु आश्रमलगायत १३ संस्था आबद्ध हिन्दू जागरण नेपालले चलचित्र ‘एक भगवत् गीता’को शीर्षक र पात्रले सनातन धर्ममाथि चोट पुर्‍याएको भन्दै प्रदर्शन रोक्न माग गरी चलचित्र विकास बोर्डमा निवेदन दिएपछि जाँचपास रोकिएको छ । निर्माण पक्षले बोर्डले जाँचपास रोकेको गुनासो गरेको छ । चलचित्र यही भदौ २९ गतेबाट प्रदर्शनका लागि तय भएको थियो ...

जापानमा नेपाली रेस्लरको जित (फोटो फिचर)

जापानमा नेपाली रेस्लरको जित (फोटो फिचर)
काठमाडौं - जापानमा भएको रेस्लिङ प्रतियोगितामा नेपाली रेस्लरले जित हात पारेका छन् । जापानको ओसाकामा भएको उक्त रेस्लिङमा भगवती खड्का (युनिका), अस्मिता सुनार (जुरेली) र भरतबहादुर बिसुराल (हिमालयन टाइगर) ले प्रतिस्पर्धा गरेका थिए । भगवती र जुरेलीको जोडीले मेडे टाइगर्ल, जाक्युएर योकोटा र हानाजोनो मोमोकालाई पराजित गरे । हिमालयनले अमेरिका र जापानका रेस्लरलाई पराजित गरेका छन् । एनआरएन...

‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा

‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा
काठमाडौं - सांस्कृतिक पर्व ‘गाईजात्रा’सँगै रक्षा बन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी)को अवसरमा नयाँ चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा आएका छन् । शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिए पनि चाडपर्वका कारण एक दिन अगाडि नै यी चलचित्र प्रदर्शन गरिएका हुन् । राजनीतिलाई पृष्ठभूमि बनाएर तयार गरिएको चलचित्र ‘ऐँचो पैँचो’ लाई कृषा चौलागाईँले निर्देशन गर्नुभएको छ । यद्यपि चलचित्र पूर्णरूपमा राजनीतिमै...

गाईजात्रा महोत्सव भोलि प्रज्ञा भवनमा

गाईजात्रा महोत्सव भोलि प्रज्ञा भवनमा
काठमाडौं  - यस वर्षको गाईजात्राका अवसरमा ब्राण्डवर्थ प्रालिले यही भदौ १३ गतेदेखि १८ गतेसम्म गाईजात्रा महोत्सव गर्ने भएको छ । ‘२०८० सालको गाईजात्रा’ नाम दिइएको उक्त कार्यक्रममा नेपालको प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने र महोत्सवमा हाँस्यव्याङ्ग्य कलाकारको प्रस्तुति रहने कलाकार मनोज गजुरेलले जानकारी दिनुभयो । गाईजात्रामा मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, टीका भण्डारी, सुबोध गौतम, मेक्सम गौडेल, सुन्द...

शान्ता जीसी र प्रेम सापकोटाको ‘गोप्य कुरा’

शान्ता जीसी र प्रेम सापकोटाको ‘गोप्य कुरा’
काठमाडौं - शान्ता जीसी र प्रेम सापकोटाको आवाजमा ‘गोप्य कुरा’ बोलको तीज गीत सार्वजनिक भएको छ । गायिका शान्ता जि।सी आधुनिक लोकपप लोक तथा दोहोरी राम्रो गाउने गायिका मध्ये पर्दछिन, उनको आवाजमा यस भन्दा अघि आधुनिक गीत ‘न रविले देख्न सक्छ’ र तीज गीत ‘घरबारी लगायत अन्य गीतहरु बजारमा आएर चर्चा कमाई सकेका छन भने, अहिले तीजलाई मध्यनजर गर्दै उनको र गायक प्रेम सापकोटाको आवाजमा नयाँ छम छम नाच्ने तीज गीत ‘गो...

अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्र

अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्र
काठमाडौं - पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफा पनि प्राप्त गर्न थालेका छन् । नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली चलचित्रको बजार विस्तार हुनुका साथै मुनाफा कमाउन थालेका हुन् । पछिल्लो समय प्रविधिको विकास भएसँगै नेपालमा प्रदर्शन भएकै दिन उक्त चलचित्रले विदेशमासमेत प्रदर्शनको अवसर पाउन थाले...

गायनमा सिम्रनको चर्चा

गायनमा सिम्रनको चर्चा
गलकोट (बागलुङ) - गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्, अधिकांश गीतले चर्चा कमाएको छ । मुटुमै घाउ छ...’, ‘ए साइँला परेली भित्र’, ‘पानी परेको’ गीत चर्चामा छन् । विद्यामन्दिर माध्यमिक विद्यालयमा कक्षा १२ मा विज्ञान विषयमा अध्ययनरत बागलुङ नगरपालिका–६ तिनतलेकी परियारको स्वरले यतिबेला सबैको ध्यान तान...