उदयपुरमा व्यापक व्यावसायिक केरा खेती

उदयपुरमा व्यापक व्यावसायिक केरा खेती
उदयपुर - उदयपुर जिल्लामा उत्पादन हुने फलफूल खेतीमध्ये व्यावसायिक केरा खेतीमा उल्लेखनीय वृद्धि भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार अहिले जिल्लाको त्रियुगा नगरपालिका, बेलका नगरपालिका, कटारी र चौदण्डीगढी नगरपालिकासहित जिल्लाको उदयपुरगढी गाउँपालिका क्षेत्रमा सबैभन्दा बढी केरा खेती विस्तार भएको छ । त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीका अनुसार अहिले त्रियुगा नगरपालिकाको राजावास, ब...

फुटबल खेल्दै मुख्यमन्त्री शाही

फुटबल खेल्दै मुख्यमन्त्री शाही
कर्णाली - कर्णाली प्रदेश सरकारको तेस्रो स्थापना दिवसको पूर्वसन्ध्यामा सामाजिक विकास मन्त्रालयको आयोजना तथा कर्णाली प्रदेश खेलकुद परिषद्को संयोजनमा सञ्चालितप्रदेश सरकार–११ को कप्तानीको भूमिका निर्वाह गर्दै मुर एन्फा–११ बीच भएको मैत्रीपूर्ण खेलमा फुटबल खेल्दै मुख्यमन्त्रीशाही । तस्वीर - शुरबहादुर सिंह÷रासस

फुटबल खेलमा सहभागी बालबालिका

फुटबल खेलमा सहभागी बालबालिका
कर्णाली - कर्णाली प्रदेश सरकारको तेस्रो स्थापना दिवसको पूर्वसन्ध्यामा सामाजिक विकास मन्त्रालयको आयोजना तथा कर्णाली प्रदेश खेलकुद परिषद्को संयोजनमा शुक्रबार सञ्चालित प्रदेश सरकार–११ र एन्फा–११ मैत्रीपूर्ण फुटबल खेलमा सहभागी बाल खेलाडी । तस्वीर - शुरबहादुर सिंह÷रासस

आर्थिक सहयोग दिँदै वन तथा वातावरण मन्त्री आले

आर्थिक सहयोग दिँदै वन तथा वातावरण मन्त्री आले
काठमाडौँ - वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले काठमाडौँमा रहेको स्पार्क हेल्थ होम अस्पतालमा ब्रेन स्ट्रोक रोगले पीडित भई उपचार गराइरहनुभएका कञ्चनपुरका लालबहादुर बिकको उपचारका लागि रु २५ हजार आर्थिक सहयोग गर्दै । विक पूर्व सहायकमन्त्रीसमेत हुनुहुन्थ्यो । तस्वीर -विमलबहादुर विष्ट÷रासस

सिँचाइ आयोजना १६ वटा बन्दै, २७ वटा बन्ने

सिँचाइ आयोजना १६ वटा बन्दै, २७ वटा बन्ने
इलाम - पछिल्लो समय किसानलाई सिंँचाइको पहुँच पु¥याउन सरकारले दातृ निकायको सहयोगमा गाउँगाउँमा सिँचाइ आयोजना निर्माण गर्न थालेको छ । गएको दुई वर्षमा इलाम जिल्लामा १६ सिँचाइ आयोजना निर्माण हुँदैछन् । नेपाल सरकार र स्वीस सरकारको साझेदारीमा साना सिँचाइ परियोजनामार्फत चार वर्षमा सिँचाइ आयोजना निर्माण हुने भएको छ । अब इलाममा २७ नयाँ योजना बन्ने भएका छन् । जिल्लाका छ स्थानीय तहमा सिँचाइ आयोजना निर्माण ...

तालिममा सहभागी अतिथिका साथ

तालिममा सहभागी अतिथिका साथ
पोखरा - पर्यटन ब्यवसायी महिला संघ टेवान पोखराले आयोजना गरेको डिजिटल मार्केटिङसम्बन्धी तालिमका सहभागीहरु अतिथिका साथ । तस्वीर - जमुनावर्षा शर्मा÷रासस

घर छाउने ढुङ्गा

घर छाउने ढुङ्गा
गलेश्वर - म्याग्दीको मालिका गाउँपालिका–२ स्थित रुम गाउँको ढुङ्गा खानीबाट निकालिएका घर छाउने ढुङ्गा । रुम गाउँमा स्लट, ढुङ्गा र तामाखानी रहेका छन् । तस्वीर - धु्रवसागर शर्मा - रासस

भूमहीन फर्म भर्दै

भूमहीन फर्म भर्दै
दमौली - तनहुँको व्यास नगरपालिका–६ मा शुक्रबार भूमिहीन तथा अव्यवस्थित बसोबासी फर्म भर्दै । व्यास नगरपालिकाले १४ वटै वडामा भूमिहीनको लागत सङ्कलन सुरु गरेको छ । तस्वीर - कृष्ण न्यौपाने - रासस

सेती नदीमा बालुवा चाल्दै मजदुर

सेती नदीमा बालुवा चाल्दै मजदुर
पोखरा - पोखरा महानगरपालिका–१० रामघाटस्थित सेती नदीमा बालुवा चाल्दै मजदुर । हिउँदमा दैनिक एक हजार ५०० भन्दा बढी मजदुर नदी किनारमा बालुवा चालेर जीविकोपार्जन गर्दै आएका छन् । तस्बिरः जमुनावर्षा शर्मा -रासस

पूूजाका सामग्री

पूूजाका सामग्री
काठमाडौँ - पशुुपतिनाथ मन्दिर आसपास क्षेत्रमा फूल, मालालगायत पूूजाका सामग्री बिक्रीका लागि बसेका व्यापारी । तस्वीर - चन्द्रकला क्षेत्री,रासस