नागार्जुनबाट स्वास्थ्य स्वयंसेविकालाई रु तीन हजार प्रोत्साहन भत्ता

नागार्जुनबाट स्वास्थ्य स्वयंसेविकालाई रु तीन हजार प्रोत्साहन भत्ता
नागार्जुन नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक रु तीन हजार प्रोत्साहन भत्ता दिएको छ । नागरिकको स्वास्थ्यका लागि जुनसुकै अवस्थामा पनि खटिनुपर्ने भएकाले उनीहरुको कामको उच्च मूल्याङ्कन गर्दै अझ बढी काम गर्ने हौसला प्रदान होस् भन्ने उद्देश्यले नगरपालिकाका दश वटै वडाका ९७ स्वयंसेविकालाई रु तीन हजार प्रोत्साहन भत्ता दिइएको हो । सरकारले प्रदान गर्दै आएको रु ६ हजार र नगरपालिकाका तर्फबाट थप...

त्रिपुरासुन्दरीमा बुद्ध मूर्ति स्थापना

त्रिपुरासुन्दरीमा बुद्ध मूर्ति स्थापना
चौतारा -सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालीकामा ढलौटको बुद्ध मूिर्तको स्थापना गरिएको छ । वडा नं ३ धुस्कुनमाथि पर्ने खाजीलुङ खामडाडामा रु एक करोड ५० लाखको लागतमा खम्बासहित ३८ फिट उचाइको बुद्ध मूर्ति स्थापना गरिएको हो । दुई रोपनी जमिनमा उद्यानसमेत निर्माण गर्न वाग्मती प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट रु तीन करोड बजेट स्वीकृत भएकामा उद्यानको काम हुन बाँकी रहेको गाउँप...

रेडक्रस भवन शिलान्यास

रेडक्रस भवन शिलान्यास
काठमाडौँ- कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ स्थित भद्रबासमा नेपाल रेडक्रस सोसाइटी उपशाखाको भवन बन्ने भएको छ । भवनको वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले आज शिलान्यास गर्नुभयो । नगरपालिकाले उपलब्ध गराएको सात आना जग्गामा भवन बन्न लागेको हो । नगरपालिकाले गरेको अनुमानित लागतअनुसार रु ५० लाखमा एक हलसहित चारकोठे भवन निर्माण हुनेछ । भवन निर्माणका लागि मन्त्री फुयाँलले प्र...

वाग्मती प्रदेश सरकारद्वारा स्कुल बस सहयोग

वाग्मती प्रदेश सरकारद्वारा स्कुल बस सहयोग
चरीकोट- दोलखा जिल्लाकै सामुदायिक विद्यालयमध्ये नमूना सामुदायिक विद्यालय क्षत्रवती माध्यमिक विद्यालयका लागि वाग्मती प्रदेश सरकारले बस उपलब्ध गराएको छ । वैत्येश्वर गाउँपालिका वडा नं ८ क्षत्रपामा रहेको सो विद्यालयका लागि सामाजिक विकास मन्त्रालयले सामुदायिक विद्यालयमा स्कुल बस सञ्चालन गर्ने कार्यक्रमअन्तर्गत बस सहयोग गरेको हो । रु २५ लाख रकमले खरीद गरेको बस बिहीबार प्रदेशसभा सदस्यमा विशाल खड्काले ...

कुखुरा रोग नियन्त्रण गर्न खोप

कुखुरा रोग नियन्त्रण गर्न खोप
हुम्ला- हुम्लाको खार्पुनाथ गाउँपालिकाका–२ थाली गाउँका कुखुरामा लागेको रोग पुष्टि भएको छ । गाउँमा फैलिएको रोगबाट हालसम्म पनि कुखुरा मर्ने क्रम नरोकिएपछि बचेका कुखुराकाको रक्षाका लागि खोप ल्याइने भएको छ । केही दिन अगाडि मात्रै थाली गाउँमा कुखुरा मर्न थालेको भन्दै स्थानीयद्वारा विभिन्न सञ्चार मिडियामा जानकारी गराएपछि सम्बन्धित पशु सेवा कार्यालयले खोपको व्यवस्था गर्न लागेको हो । गाउँमा फैलिएको रोग...

शैक्षिक सुधारका लागि त्रिपक्षीय समन्वय आवश्यक

शैक्षिक सुधारका लागि त्रिपक्षीय समन्वय आवश्यक
लहान- शैक्षिक गुणस्तरीयताका लागि त्रिपक्षीय समन्वय आवश्यक रहेकामा जोड दिइएको छ । सिरहाको धनगढीमाई नगरपालिकाले आयोजना गरेको नगर शिक्षा सम्मेलनको उद्घाटन गर्नुहुँदै पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गुणस्तरीय शिक्षाका लागि शिक्षक एक्लैले मात्र नसक्ने भएकाले शिक्षक, विद्यार्थी र अभिभावकबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो । समुदायमा शिक्षाप्रति अझै दायित्व बोध नह...

भ्रमले खोप लगाउने कार्य सुस्त

भ्रमले खोप लगाउने कार्य सुस्त
महोत्तरी - महोत्तरीमा कोभिड–१९ विरुद्धको खोप लगाउने कार्य सुस्त देखिएको छ । फ्रन्टलाइनमा बसेर काम गर्नेलाई प्राथमिकता दिएर शुरु गरिएको खोप दुई दिनमा २९९ जनाले मात्र लगाएका छन् । पहिलोपटक जलेश्वर अस्पताल र स्वास्थ्य कार्यालय महोत्तरीमा कार्यरतलाई खोप लगाइने तालिकाभित्र पहिलो दिन बुधबार ३८ र बिहीबार २६१ जनाले मात्र यो सेवा लिएका स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । “पहिलो दिन १३५ जनालाई खोप ...

हुम्लाका गाउँपालिकामा खुले विद्यालय

हुम्लाका गाउँपालिकामा खुले विद्यालय
सिमकोट - हुम्लाका तीन गाउँपालिकाका विद्यालयमा आजदेखि पठनपाठन शुरु भएको छ । कोरोना सङ्क्रमणको त्रासले झण्डै १० महिनादेखि बन्द यहाँका तीन गाउँपालिकाका ७७ विद्यालय आजदेखि खुलेका छन् । सिमकोट, ताँजाकोट र सर्केगाड गाउँपालिकाका ७७ विद्यालय सञ्चालनमा आएका हुन् । लामो समयदेखि कोरोनाका कारण बन्द भए तापनि यतिखेर भने बन्दाबन्दी खुकुलो भएको र कोरोना सङ्क्रमणको त्रास न्यून हुँदै गएपछि निजी तथा सामुदायिक व...

नौ हजारले आज लगाए खाेप

नौ हजारले आज लगाए खाेप
काठमाडौं - कोभिड–१९ को विरुद्धको खोप ‘कोभिशिल्ड’ आज देशभरि नौ हजारभन्दा बढीले लगाउनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले आज देशभरि नौ हजार ८४ जनाले खोप लगाएको जानकारी दिनुभयो । आज भारत सरकारबाट अनुदानमा ल्याइएको कोभिशिल्ड खोपको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको छ । प्रवक्ता प्रा डा गौतमका अनुसार प्रदेश नं १ मा एक हजार २५५ जना, प्रदेश नं...

कोभिड–१९ विरुद्धको खोप अभियानमा उत्साहजनक सहभागिता

कोभिड–१९ विरुद्धको खोप अभियानमा उत्साहजनक सहभागिता
काठमाडौं - सरकारले आज शुभारम्भ गरिएको कोभिड–१९ विरुद्धको खोपमा उत्साहजनक सहभागिता भएको बताएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले विज्ञप्ति जारी गर्दै खोप कार्यक्रममा सबै खोप केन्द्रमा उत्साहजनक सहभागिताले खोपप्रतिको विश्वास र अभियानको सफलता स्पष्ट दर्शाएको बताउनुभएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा कोभिड–१९ विरुद्...