लक्ष्यभन्दा २२ प्रतिशत कम राजस्व सङ्कलन

लक्ष्यभन्दा २२ प्रतिशत कम राजस्व सङ्कलन
चितवन - आन्तरिक राजस्व कार्यालय भरतपुरमा राजस्व विभागले दिएको लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको छ । कार्यालयले गत आर्थिक वर्षमा लक्ष्य रु २६ अर्ब २६ करोड ५९ लाख ७३ हजारमा रु २० अर्ब ४७ करोड पाँच लाख ९७ हजारमात्रै राजस्व सङ्कलन भएको हो । लक्ष्यको ७७ दशमलव ९४ प्रतिशतमात्रै राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी हरिराम ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार लक्ष्यभन्दा रु पाँच अर्ब ७९ करोड ५३...

अस्पताल निर्माण धमाधम, उपचार गर्न अन्यत्र धाउँदै

अस्पताल निर्माण धमाधम, उपचार गर्न अन्यत्र धाउँदै
–राधिका बुढाथोकी कमलामाई (सिन्धुली) -  स्वास्थ्य सेवा विस्तारका लागि सिन्धुलीको आठ पालिकामा आधारभूत अस्पतालका भवन निर्माण हुँदैछन् । सङ्घीय सरकारले २०७७ मङ्सिरमा सुरु गरेको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ निर्माण योजनाअनुरुप भवन बनाउन लागिएको हो । मरिण गाउँपालिका–७ महेश्वतामा १५ शय्याको अस्पताल भवन निर्माणका लागि मङ्गलबार शिलान्यास गरिएको छ । सांसद लेखनाथ दाहालले एक कार्यक्रमका बीच भवनको श...

त्युदाङमा पाँच वर्षमा दुई सय २८ जनाको डुबेर मृत्यु

त्युदाङमा पाँच वर्षमा दुई सय २८ जनाको डुबेर मृत्यु
देउखुरी - दाङमा पछिल्लो पाँच वर्षमा डुबेर ज्यान गुमाउनेको सङ्ख्या बढ्दो रहेको छ । जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र दाङले दिएको तथ्याङ्कानुसार जिल्लामा डुबेर मृत्यु हुनेको सङ्ख्या दुई सय २८ रहेको छ । यसमा एक सय ७४ पुरुष र ५४ महिला छन् । डुबेर मृत्यु हुनेमा सबैभन्दा धेरै घोराही उपमहानगरपालिकाअन्तर्गत छन् । तथ्याङ्कानुसार पछिल्लो पाँच वर्षमा घोराहीका ७१, तुलसीपुरका ४५, लमहीका ३१, राप्तीका २२, गढ...

श्रमदानका लागि वडा कार्यालयमा निवेदन दर्ता

श्रमदानका लागि वडा कार्यालयमा निवेदन दर्ता
टक्सार (भोजपुर) - श्रमदानका लागि भोजपुर नगरपालिका–८ का स्थानीयवासीले वडा कार्यालयमा निवेदन नै दर्ता गराएका छन् । विगतका जनप्रतिनिधिहरूको पालामा वडास्तरमा कमै मात्र श्रमदानका कार्य हुने गरेको भए पनि अहिले भने वडामा निवेदन दर्ता नै गराएर स्थानीय स्वतःस्फूर्त रूपमा श्रमदानमा निस्कने गरेका छन् । वडाभित्रको सडक मर्मत, मठमन्दिर सरसफाइ, विद्युतीकरणलगायतका कार्यहरू अहिले वडावासीको सहभागितामा जनश्रमदानब...

बङ्गलादेशमा यो बर्ष डेङ्गुका कारण १८५ जनाको मृत्यु

बङ्गलादेशमा यो बर्ष डेङ्गुका कारण १८५ जनाको मृत्यु
ढाका - बङ्गलादेशमा यस वर्ष डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्याया १८५ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालय ९डिएफएचएस० ले मङ्गलबार जनाएको छ । सङ्क्रमितको सङ्ख्या ३५ हजार २७० पुगेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको महानिर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । स्थानीय समयअनुसार सोमबार बिहान ८ः०० बजेसम्म पछिल्लो २४ घण्टामा लामखुट्टेको टोकाइबाट सर्ने रोग डेङ्गुका कारण नौ जनाको मृत्यु भएको र यो महिना अहिले...

नेपाल प्रहरीका डिएसपी केसीसेवाबाट बर्खास्त

नेपाल प्रहरीका डिएसपी केसीसेवाबाट बर्खास्त
काठमाडौं - नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई प्रहरी सेवाबाट बर्खास्त गरिएको छ । प्रहरी प्रधान कार्यालयले गरेको सिफारिसअनुसार गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले केसीलाई आज बर्खास्त गर्नुभएको प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी नायब उपरीक्षक केसीलाई भविष्यमा अयोग्य नठहरिने गरी आजका मितिदेखि बर्खास्त...

दार्चुलामा बेवारिसे शव फेला

दार्चुलामा बेवारिसे शव फेला
खलङ्गा - दार्चुलामा एक बालिकाको बेवारिसे शव फेला परेको छ । जिल्लाको व्यास गाउँपालिका–४ डोकटको सुनकोट महाकाली नदी किनार क्षेत्रमा बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार अन्दाजी १५ वर्षकी बालिका सडेको अवस्थामा शव मङ्गलबार दिउँसो फेला परेको हो । बालिकाको शवलाई भारतीय नागरिकले देखेपछि नेपाल ...

हराएका ३४६ मोबाइल फिर्ता

हराएका ३४६ मोबाइल फिर्ता
चितवन - जिल्ला प्रहरी कार्यालय चितवनले गत आर्थिक वर्षमा हराएका तीन सय ४६ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई फिर्ता गराएको छ । मोबाइल हराएर प्रहरीमा उजुरी परेकाको खोजी गरी फेला पारिएका मोबाइल फिर्ता गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार मोबाइल फेला पारेर नयाँ सिम राखेपछि मोबाइल पत्ता लाग्ने गरेको छ । पत्ता लागेका मोबाइललाई सम्बन्धित धनीलाई बुझ...

भीमसेन थापाले मुलुकलाई ठूलो गुन लगाउनुभएको छ : कावा प्रधानमन्त्री खड्का

भीमसेन थापाले मुलुकलाई ठूलो गुन लगाउनुभएको छ : कावा प्रधानमन्त्री खड्का
काठमाडौँ - कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय विभूति भीमसेन थापाले राष्ट्रियता र भौगोलिक अखण्डताको रक्षा तथा सामाजिक रुपान्तरणका पक्षमा ठूलो गुन लगाउनुभएको उल्लेख गर्नुभएको छ । राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भीमसेन थापा राष्ट्रभक्त, देशभक्त हुनुका साथै प्रेरणाका स्रोत भएको विश्वास व्यक्त गर्नुभयो । ...

देउखुरीका दर्जन बढी घर डुबानमा

देउखुरीका दर्जन बढी घर डुबानमा
दाङ - दाङ देउखुरीका दर्जन बढी घर डुबानमा परेका छन् । सोमबारदेखि लगातार परेको बर्सातले गर्दा देउखुरीको विभिन्न स्थानमा घर डुबानमा परेका हुन् भने केही घर भत्किएका छन् । दाङ राजपुर गाउँपालिका–५ स्थित भुर्किहवाका १०/१२ वटा घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिनुभयो । राप्ती नदीमा पानीको सतह बढेर ती घर डुबानमा परेका थिए । त्यस्तै लमही नगरपालिका–१ स...