लोकसेवा पास गर्दै जागिर वैकल्पिकलाई बेच्ने धन्दा मौलाउँदै
लोकसेवाको नतिजा किनबेच स् आठपटकसम्म नाम निकालेर नियुक्ति नलिएको ‘केस’ भेटियो
काठमाडौं -लोकसेवा आयोगका अध्यक्ष र प्रधानमन्त्री कार्यालयकै सचिवले लोकसेवा आयोगको नतिजा किनबेच हुने गरेको बताएका छन् । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा आयोग अध्यक्ष उमेश मैनाली र प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले आयोगको नतिजा बेच्ने प्रवृत्ति मौलाएको बताएका हुन् ।
...