इस्लामाबाद – परवेज मुसर्रफ पाकिस्तानका पूर्वसैन्य शासक हुन् । भारतको नयाँदिल्लीमा जन्मेका मुसर्रफ कराची र इस्तानबुलमा हुर्केका थिए । उनी पाकिस्तानका १० औं राष्ट्रपति हुन् ।

२००१ मा संयुक्त चिफका अध्यक्ष र सेना प्रमुखको पदमा रहँदा उनी सैन्य सरकारको प्रमुख बने । उनले पहिलो युद्ध भूमिको अनुभव दोस्रो कश्मीर युद्धमा खेमकरन क्षेत्रका लागि तीव्र लडाइँमा एक तोपखाना रेजिमेन्टसँग गरेका थिए । द्वन्‍द्वका क्रममा उनले लाहोर र सियालकोट युद्ध क्षेत्रमा समेत भाग लिए । युद्धका क्रममा उनले गोलाबारी अन्तर्गत आफ्नो प्रतिष्ठा विकास गरेका थिए । वीरताका लागि उनले इम्तियाजी सनक पदक समेत प्राप्त गरेका छन् ।

तर आफूमाथि लागेको महाअभियोगबाट बच्नका लागि २००१ मा उनले संयुक्त प्रमुखको अध्यक्षको पद त्यागेका हुन् । सन् २०१३ को चुनावमा जीत हासिल पश्चात पाकिस्तान मुस्लिम लीग (नवाज) सरकारमा आई. सरकार आएपछि पूर्व सैनिक राष्ट्रपति परवेज मुसर्रफको विरुद्धमा संविधानको अवहेलना गरेको भन्दै मुद्दा दर्ता गरिएको थियो ।

उनलाई सन् २०१४ मार्च ३१ मा देशद्रोहको अभियोग लगाइ अभियोजनकर्ताहरुले सोही वर्षको सेप्टेम्बरमा सम्पूर्ण तथ्य विशेष अदालतमा पेश गरेका थिए । परवेज मुसर्रफमाथि आरोप लागेपछि उनी एक पटक मात्र न्यायालय समक्ष हाजिर भएका थिए । त्यसपछि उनी आजसम्म अदालतमा हाजिर हुन पुगेका छैनन् ।

पूर्वसैनिक प्रमुख समेत रहेका पूर्व राष्ट्रपतिमाथि पाकिस्तानको संविधानलाई सेनाको बलमा गैरकानुनी रुपमा निलम्बन गरी संकटकाल लागू गरेको आरोप लगाइएको थियो ।

पाकिस्तानको इतिहासमा मुसर्रफ पहिलो त्यस्तो व्यक्ति हुन्, जसमाथि संविधानको अवहेलना गरेकोमा मुद्दा दर्ता भयो । सन् २०१६, मार्च १८ मा उपचारका लागि मुसर्रफ दुबइ गएपछि उक्त मुद्दामाथि सुनुवाइ रोकिएको थियो । कम्मरको दुखाइबाट छुटकारा पाउन उनी दुबइ उपचारमा गएका थिए । उपचारपछि पुनः पाकिस्तान फर्केर आफूविरुद्ध लागेको मुद्दाको सामना गर्ने उनले बताएका थिए ।

मार्च २०१६ मा विशेष न्यायालयले केन्द्र सरकारसँग लिखित स्पष्टिकरण मागेको थियो । न्यायालायको अनुमति विना विदेश गएका मुसर्रफमाथि आपत्ति जनाउँदै लिखित जवाफको माग गरिएको हो । मंगलबार उच्च अदालतले मुर्सरफलाई मृत्युदण्डको सजाय सुनाएको छ । सरकारले मुसर्रफ विरुद्ध विशेष अदालतको फैसलाको विस्तृत समिक्षा गर्ने भएको छ ।

‘हामी आजको फैसला र हिजोको विस्तारका साथ फैसला गर्नेछौँ । कानुनी विज्ञहरुको सबै कानुनी र राजनीतिक पक्षमा साथै राष्ट्रिय हितमा पार्ने असरको विश्लेषण गर्नेछन् । यसपछि मात्र सरकारको बयान हुनेछ,’ सूचना तथा प्रसारण सम्बन्धी प्रधानमन्त्रीका विशेष सहायक फिरदौस आशीक अवानले भने । मंगलबार नै सरकारले मुसर्रफलाई मृत्युदण्ड सुनाउने विशेष अदालतको निर्णयको विस्तृत रुपमा समिक्षा गर्ने बताइएको छ ।-एजेन्सी

तपाईको प्रतिक्रिया