तोकिएको मितिमा निर्वाचन जरुरी छ – राष्ट्रपति भण्डारी

तोकिएको मितिमा निर्वाचन जरुरी छ – राष्ट्रपति भण्डारी
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताएकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ पेश गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुुमार थपलिया । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/७७...

दुई लाख ३८ हजारले डाउनलोड गरे ‘नागरिक एप’

दुई लाख ३८ हजारले डाउनलोड गरे ‘नागरिक एप’
काठमाडौं - “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आकर्षण देखिएको छ । शुक्रबार साँझ सार्वजनिक गरेको सो एपमा सोमबार उपराह्न ४ बजेसम्म दुई लाख ३८ हजार ८०६ जना प्रयोगकर्ताले डाउनलोड गरेको पाइएको छ ।        राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार एप डाउनलोड गर्नेमध्येबाट हालसम्म ६३ हजार ५८० जना प्रयोगकर्ताले ए...

सबिना र पृथ्वीमानको ‘मिर्मिरे बिहानी’ सार्वजनिक

सबिना र पृथ्वीमानको ‘मिर्मिरे बिहानी’ सार्वजनिक
काठमाडौं - पृथ्वीमान तुम्खेवा लिम्बू र सविना योङहाङको स्वरमा रहेको ‘मिर्मिरे बिहानी’ बोलको गीत सार्वजनिक भएको छ । एसपी निङ्लेकुको रचना, कुमार बिकेको संगीतमा तयार भएको गीतमा गायक स्वंम तुम्खेवा लिम्बू र गोमा योङहाङको अभिनय रहेको छ । कोरसमा श्रेया लिम्बू, प्रविना लिम्बू, सोनिया लिम्बू, दजेन्द्र राई र राज परियारले साथ दिएका छन् । पृथ्वीमान नेपालको प्रशासनतर्फ अधिकृत पदमा सेवारत पनि छन् भने सविना ...

नयाँ कोरोनाले २०२१ झन् कठिन हुनेछ : डब्लूएचओ

नयाँ कोरोनाले २०२१ झन् कठिन हुनेछ : डब्लूएचओ
जेनेभा - विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नयाँ प्रकारको कोरोना भाइरसका कारण सन् २०२० भन्दा २०२१ झन् कठिन हुने जनाएको छ ।  कोरोनाको नयाँ प्रकार पहिलेको भन्दा धेरै संक्रमक रहेको विवरणहरू सार्वजनिक भइरहेका बेला डब्लूएचओले यस्तो चेतावनी दिएको हो । संक्रमण क्षमता निकै उच्च रहेको भाइरसको नयाँ प्रकार बेलायतसहित ५० भन्दा बढी देश र क्षेत्रहरूमा फैलिसकेको छ । नयाँ भाइरसका कारण पछिल्ला दिनहहरूमा बे...

रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचक नाभाल्नी मस्को पुग्ने बित्तिकै हिरासतमा

रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचक नाभाल्नी मस्को पुग्ने बित्तिकै हिरासतमा
काठमाडौं - रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी तथा रुसका विपक्षी नेता एलेक्सी नाभेल्नीलाई रुस पुग्ने बित्तिकै हिरासतमा लिइएको छ । उनी पाँच महिनापछि जर्मनीबाट मस्को पुगेका थिए । गत वर्ष उनीमाथि नर्व एजेन्टमार्फत् हमला भएको थियो र उनी बालबाल बचेका थिए । उनको उपचार जर्मनीमा भएको थियो । ४४ वर्षका नाभेल्नीलाई पासपोर्ट कन्ट्रोलबाट प्रहरीले आफूसँगै अलग्गै लगेको हो । बर्लिनबाट आएको नाभेल्नीको फ्ल...

एचआइभी एड्‌सबाट १६ वर्षीया किशोरीको मृत्यु

एचआइभी एड्‌सबाट १६ वर्षीया किशोरीको मृत्यु
सप्तरी - राजविराजमा आइतबार साँझ एचआइभी एड्‌सबाट एक किशोरीको मृत्यु भएको छ। राजविराज नगरपालिका-१ चनौरा निवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रञ्जित झाले जानकारी दिए। एचआइभी एड्‌सको लक्षण देखिएका किशोरीलाई स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि दुई साताअघि गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो। ...

पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा फागुनमा

पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा फागुनमा
सिन्धुपाल्चोक - नेपाल पत्रकार महासङ्घ केन्द्रको साधारणसभा आगामी फागुनको ४ र ५ गते गर्ने निर्णय भएको छ । हेलम्बुको शेर्माथानमा बसेको केन्द्रीय समितिको बैठकले यो निर्णय गरेको हो । साधारणसभाको एक महिनापछि अधिवेशन गर्ने बैठकले सहमति गरेको छ ।         देशको बदलिँदो राजनीतिक परिवेशमा प्रेस स्वतन्त्रताको रक्षाका लागि सबैलाई अपिल गर्ने महाशाखाले निर्णय गरेको अध्यक्ष गोविन्द आचार्यले जानकारी दिनुभयो । यस्...

मलाई यस पटकको आन्दोलनमा लाठी खान मन लागेको छ – प्रचण्ड

मलाई यस पटकको आन्दोलनमा  लाठी खान मन लागेको छ – प्रचण्ड
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड -नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटक आफूलाई लाठी खान मन लागेको बताएका छन्। यो पटकको आन्दोलनमा लाठी खान मन भएको उल्लेख गरेका छन्। अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनीयनको उपत्यकास्तरीय भेलालाई आज राजधानीमा सम्बोधन गर्दै संसद विघटनविरुद्धको आन्दोलनमा युवाविद्यार्थीलाई आक्रामक बन्न पनि निर्देशन दिएका छन्। युवा र विद्यार्थ...

महासंघको बाग्मती प्रदेश स्तरीय बैठक सपन्न

महासंघको बाग्मती प्रदेश स्तरीय बैठक सपन्न
किरण थापा काठमाडौं - जन सांस्कृतिक महासङ्घ, नेपालको बाग्मती प्रदेश स्तरीय बैठक महासङ्घको केन्द्रीय कार्यालय बागबजारमा सम्पन्न भएको छ। नेकपा केन्द्रीय सदस्य समेत रहनु भएका जन सांस्कृतिक महासङ्घ, नेपालको बाग्मती प्रदेश ईन्चार्ज क. प्रेमनाथ अधिकारीको अध्यक्षतामा बसेको बैठकले देशमा उत्पन्न राजनीतिक घटनाक्रमलाई मध्यनजर गरी बाग्मती प्रदेशमा रहेका सबै जिल्ला र महासङ्घ अन्तर्गतका घटक संगठनहरूलाई थप...

सामूहिक बलात्कारको नाटक..युवती पक्राउ

सामूहिक बलात्कारको नाटक..युवती पक्राउ
आर्थिक प्रलोभनमा परेर बलात्कारको झूटो उजुरी दिने युवती पक्राउ रौतहट - तीन दिनअघि आफू सामूहिक बलात्कारमा परेको भन्दै ओखलढुंगाकी १७ वर्षीया युवतीले प्रहरीसमक्ष रोइ–कराइ गरिन् । उनले आफूलाई रातभरि पाँच जनाले बलात्कार गरेको प्रहरीलाई बताएकी थिइन् । युवतीको उजुरीपछि प्रहरी पीडकको खोजीमा लाग्यो । तर कतैबाट पनि बलात्कार भएको खुलेन । अन्ततः आर्थिक प्रलोभनमा परेर झूटो उजुरी दिएको खुलेपछि प्रहरीले यु...