काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड -नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटक आफूलाई लाठी खान मन लागेको बताएका छन्। यो पटकको आन्दोलनमा लाठी खान मन भएको उल्लेख गरेका छन्।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनीयनको उपत्यकास्तरीय भेलालाई आज राजधानीमा सम्बोधन गर्दै संसद विघटनविरुद्धको आन्दोलनमा युवाविद्यार्थीलाई आक्रामक बन्न पनि निर्देशन दिएका छन्।

युवा र विद्यार्थीलाई बाघ र सिंहजस्तो गर्जन भनेका छन्। प्रतिक्रान्तिकारीका मुटु हल्लिने गरी आफूहरूले आन्दोलन गर्ने पनि उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई लम्पसारवादी भन्दै विदेशीको अगाडि लम्पसार परेको आरोप लगाए । उनले भने,‘उहाँ लम्पसारवादी हुनुहुन्छ ।’

भिडियो…..

तपाईको प्रतिक्रिया