सामुदायिक विद्यालयका विद्यार्थी लिन घर–घरमै गाडी

सामुदायिक विद्यालयका विद्यार्थी लिन घर–घरमै गाडी
ढोरपाटन, १८ साउन - बागलुङको गलकोट क्षेत्रबाट दिनदिनै विदेश जानेको सङ्ख्या बढ्दो छ । युवा जनशक्ति विदेश पलायन भएपछि यहाँका ग्रामीण क्षेत्र सुनसान बन्दै गएका छन् । खेतीयोग्य जमिन वनमाराले ढाकिन थालेका छन् भने विद्यालय रित्तिदै गएका छन् । सुनसान गाउँका विद्यालयमा रित्तिन थालेपछि गलकोट नगरपालिकाले विद्यालय समायोजन तथा तह मिलान गरिरहेको छ । हाँस्दै, खेल्दै र रमाउँदै नजिकको विद्यालय जाने बालबालिका अह...

चलचित्र निर्माणमा आएको रुपान्तरण

चलचित्र निर्माणमा आएको रुपान्तरण
काठमाडौं - विसं २०६३ पश्चात प्रविधिमा रुपान्तरणसँगै राजनीतिक घटनाक्रमले समय बदलियो । प्रविधिको विकाससँगै चलचित्र निर्माणमा नयाँ र जनचासोका विविध विषयले स्थान पाउने आश पनि गरियो । केही समयसम्म त्यस्ता चलचित्र सिमित सङ्ख्यामा बने । विसं २०६५ पश्चात ‘कागबेनी’, ‘सानो संसार’बाट सुरू भएको डिजिटल चलचित्रको यात्राले ‘लूट’ को प्रदर्शन पश्चात गति लियो । यसले नेपाली चलचित्रमा स्थापित पुराना मान्यतालाई भत्काउ...

रोल्पामा खम्बा गाडेको पाँच वर्षसम्म बलेन बिजुली

रोल्पामा खम्बा गाडेको पाँच वर्षसम्म बलेन बिजुली
रोल्पा - सुनछहरी गाउँपालिका–२ भित्रीगाममा विद्युत्का खम्बा गाडेको पाँच वर्षसम्म पनि बिजुली बलेको छैन । अन्धकार गाउँमा खम्बा गाड्न थालेपछि बिजुली आउने भयो भन्दै हौसिएका स्थानीय पाँच वर्षसम्म बिजुली नबल्दा निरास भएका छन् । “वडा नं २ का करिब चार सय घरधुरीमा विद्युत् विस्तार गर्ने योजनानुसार पाँच वर्षअघिदेखि काम थालनी भए पनि अहिलेसम्म बिजुली बाल्न पाएका छैनौँ”, स्थानीय अमन बुढामगरले भन्नुभयो, “खम्ब...

बासुरी बादनमा चम्किएका दिनेश

बासुरी बादनमा चम्किएका दिनेश
म्याग्दी - म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरका ३२ वर्षीय दिनेश पुन कक्षा पाँचसम्मको अध्ययनका लागि छिमेकी गाउँ सातबिसेको पुन्यजन आधारभूत विद्यालयमा जाने गर्नुहुन्थ्यो । बाबियाचौरदेखि सातबिसेको विद्यालय जाँदा र घर फर्कंदा बाटो काट्ने क्रममा उहाँले सिकेको बासुरी बजाउने कला नै अहिले जीवन जिउने आधार बनेको छ । “बाबियाचौरको माविमा धेरै विद्यार्थी भएकाले पढाइ राम्रो हुदैन भनेर आमाले मलाई थोरै वि...

रास्वपा सभापति लामिछानेद्वारा विशेष कार्यक्रम घोषणा

रास्वपा सभापति लामिछानेद्वारा विशेष कार्यक्रम घोषणा
चितवन - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू निर्वाचित भएको एक सय दिनको अवसरमा आफ्नो क्षेत्रका लागि विशेष कार्यक्रम सार्वजनिक गर्नुभएको छ । उहाँले आज एक कार्यक्रमकाबीच निर्वाचन क्षेत्र विशेष कार्यक्रमको घोषणा गर्नुभएको हो । घोषणा गरिएका कार्यक्रममा महिलाका लागि एउटा बस आफ्नो निर्वाचन क्षेत्रमा आजैबाट निःशुल्क सञ्चालन गर्ने उल्लेख गर्नुभएको छ । पार्टीको झण्डामा प्रयोग भएको रङ्ग...

गलत सूचनाका आधारमा विदेशको सेनामा काम गर्न नजान परराष्ट्र मन्त्रालयको आग्रह

गलत सूचनाका आधारमा विदेशको सेनामा काम गर्न नजान परराष्ट्र मन्त्रालयको आग्रह
काठमाडौं - परराष्ट्र मन्त्रालयले गलत सूचनाका आधारमा विदेशको सेनामा काम गर्न नजान आग्रह गरेको छ । मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गरी केही सामाजिक सञ्जाल र सञ्चार माध्यममा नेपाली नागरिक विदेशी सेनामा भर्ना भएको भन्ने समाचारका सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयद्वारा प्रकाशित उक्त प्रेस विज्ञप्तिमा भनिएको छ, “विदेशी सेनामा नेपाली नागरिक भर्ना सम्बन्धमा परम्परागतरूप...

पत्रकार महासङ्घ, एसोशियट समितिको ध्यानाकर्षण

पत्रकार महासङ्घ, एसोशियट समितिको ध्यानाकर्षण
काठमाडौं - नेपाल पत्रकार महासङ्घको ‘एसोशियट प्रदेश समिति’ ले प्रेस काउन्सिल नेपालबाट सामाजिक सञ्जालमा अभिव्यक्तिका विषयमा पत्रकारलाई स्पष्टिकरण सोधिएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलले पत्रकार माधवप्रसाद तिवारीलाई सामाजिक सञ्जालमा काउन्सिल र सूचना तथा प्रसारण विभागका कामका सन्दर्भमा आएका गुनासोबारे प्राप्त ‘स्क्रिनसर्ट’ शेयर गरेको विषयमा यही साउन ९ गते पत्र पठाइ तीन दिनभित्र स्पष्ट...

अरुण तेस्रो प्रसारण लाइन : तोकिएको मुआब्जामा जग्गाधनीको असन्तुष्टि

अरुण तेस्रो प्रसारण लाइन : तोकिएको मुआब्जामा जग्गाधनीको असन्तुष्टि
संखुवासभा - संखुवासभामा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको चार सय केभी ९हाइटेन्सन० प्रशारण लाइनको तोकिएको मुआब्जाप्रति जग्गाधनीले असन्तुष्टि जनाएका छन् । प्रमुख जिल्ला अधिकारी तथा मुआब्जा निर्धारण समितिका संयोजक शिवकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले जग्गाको वर्गीकरणअनुसार रु पाँचदेखि आठ लाखसम्म प्रतिरोपनी मुआब्जा दिने निर्णय गरेको थियो । उक्त निर्णयप्रति असन्तुष्टि ...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं - पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पेट्रोलमा रु नौ तथा डिजेल र मट्टितेलमा रु सात बढाएको छ । भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जनाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा रु १७०, दोस्रो वर्गमा रु १७२ र तेस्रो वर्गमा रु १७३ पुगेको छ । त्यसैगरी डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा रु १५०, दोस्रोमा रु...

फर्पिङ जलविद्युत् केन्द्रलाई ऊर्जा सङग्रहालय बनाइँदै

फर्पिङ जलविद्युत् केन्द्रलाई ऊर्जा सङग्रहालय बनाइँदै
काठमाडौं - नेपालको पहिलो र एसियाको दोस्रो जलविद्युत् आयोजना फर्पिङ जलविद्युत् केन्द्रलाई उर्जा सङ्ग्रहालयका रुपमा विकास गरिने भएको छ । नेपाल विद्युत् प्राधिकरणले पाँच सय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत्लाई उर्जा सङ्ग्रहालय बनाउने भएको हो । यसका लागि प्राधिकरणले केन्द्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न एनइए इञ्जिनियरिङ कम्पनीलाई परामर्शदाता नियुक्त गरी गुरुयोजना तयार गरिरहेको छ । ऐतिहास...