खोप लगाउने सङ्ख्या लक्ष्यभन्दा आधा कम

खोप लगाउने सङ्ख्या लक्ष्यभन्दा आधा कम
त्रिशूली - नुवाकोटमा अग्रपङ्क्तिमा सेवा प्रवाहमा कार्यरत लक्षित समूहमध्ये आधाभन्दा कमले मात्रै कोरोना रोग विरुद्धको खोप (कोभिशील्ड)को पहिलो डोज लगाएका छन् । जिल्लामा हालसम्म दुई समूहमा सञ्चालन गरिएको खोप कार्यक्रममा आठ हजार ७९ जनाले कोरोना रोग विरुद्ध खोप लगाउन नाम सूचीकृत गरे पनि कार्यक्रम सम्पन्न हुदाँसम्म तीन हजार ८८६ जनाले मात्र खोप लगाएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकृत उत्तमराज खन...

राजवंशीका गुनासा

राजवंशीका गुनासा
विराटनगर -विराटनगर महानगरपालिका–३ गोग्राहा चोकको ऐलानी जग्गामा बस्दै आएका कालीचरण राजवंशीका परिवारले आफूहरू अन्यायमा परेको गुनासो गरेका छन् । आज यहाँ पत्रकार सम्मेलन गरी आफूहरू ऐलानी जग्गामा बस्दै आएको र सो स्थान महानगरपालिकाले खाली गर्न भनेपछि अन्योलमा परेको बताएका हुन्। लामो समयदेखि घर बनाएर बसिरहेका राजवंशीलाई वडाध्यक्ष विनोद बस्नेत र विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्की समेतले ...

अनुदानको उपकरण तीन वर्षदेखि प्रयोगविहीन

अनुदानको उपकरण तीन वर्षदेखि प्रयोगविहीन
सोलुखुम्बु - नेचा सल्यान गाउँपालिकामा वितरण गरिएको लाखौं मूल्यको उपकरण तीन वर्षदेखि प्रयोगविहीन बनेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (अदुवा र बेसार) जोनले अनुदानमा वितरण गरेको बेसार पिस्ने, धुने, पखाल्ने, सुकाउने र तौलने उपकरण प्रयोगविहीन बनेको हो । परियोजनाको रु १६ लाख बजेटबाट पकेट क्षेत्रका पाँच समूलाई उक्त मेसिन वितरण गरिएको थियो । “प्रत्येक समूहलाई वितरण गरिएको स–साना उपकरण प्र...

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो
काठमाडौँ - स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ३०० ले ओरालो लागेको छ । तोलामा नै रु एक हजार १०० ले मङ्गलबार उकालो लागेको सुन आज भने झिनो अङ्कका साथ ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु ८९ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन मङ्गलबार तोलामा रु ९० हजार १०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन तोलामा रु ८९ हजार...

थप पाँच हजार क्विटल धान खरीद गरिने

थप पाँच हजार क्विटल धान खरीद गरिने
वीरगञ्ज - खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षमा प्राप्त गरेको सोना मन्सुली धान खरिद कोटाको लक्ष्य पुग्न नसकेपछि थप ५ हजार क्विटल खरिद गर्ने भएको छ । शाखाले चालु आर्थिक वर्षका लागि ३० हजार क्विटल सोना मन्सुली धान खरिदको कोटा पाएकोमा हालसम्म रु ९ करोड २१ लाख १ हजार ६५ मूल्य बराबरको ३१ हजार २९६ क्विटल धान मात्र खरिद गर्न सकेकाले थप ५ हजार क्विटल धान...

आदिवासी जनजाति साहित्यकार महासङ्घ गठन

आदिवासी जनजाति साहित्यकार महासङ्घ गठन
सउल - कोरियामा पराजित पोमुको संयोजकत्वमा आदिवासी जनजाति साहित्यकार महासङ्घ नेपालको अन्तर्राष्ट्रिय समिति ‘नेपाल आदिवासी जनजाति साहित्यकार महासङ्घ दक्षिण कोरिया’ गठन भएको छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा दक्षिण कोरियामा रहेका नेपाली आदिवासी साहित्यकारहरूको भेलाले १७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिको सहसंयोजकमा मञ्जु गुरुङ र गोकुल थोकर हुनुहुन्छ भने सचिवमा शकुन आँसु, सहसचिवमा...

नेता गौतमद्वारा सचिवालय बैठक बोलाउन माग

नेता गौतमद्वारा सचिवालय बैठक बोलाउन माग
काठमााडौँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्काल सचिवालय बैठक बोलाउन माग गर्नुभएको छ । सर्वोच्च अदालतले प्रनिनिधिसभा पुनःस्थापना गरेपछि उहाँले आज विज्ञप्ति प्रकाशन गर्दै पार्टी एकता जोगाउन पार्टी मुख्यालय धूम्रबाराहीमा सचिवालय बैठक बोलाउन माग गर्नुभएको हो । प्रतिनिधिसभा विघटनपछि नेकपा दुई समूहमा विभाजन भए...

घरजमको ‘शिरबन्दी च्याट्टै’ सार्वजनिक

घरजमको ‘शिरबन्दी च्याट्टै’ सार्वजनिक
काठमाडौं - नेपाली मौलिक कथानक चलचित्र घरजम को शिरबन्दी च्याट्टै बोल को गितको भिडियो सार्बजनिक भएको छ । यस गीतमा बुद्धी तामाङ, सिर्जना सुब्बा, यासेली योङहाङ, रबी शेर्मा, किशोर कुमार लिम्बू, हेमराज अन्छङ्गबो, कुशल थलङ, सुस्मा लिम्बू, ईसिका जबेगु, सीता कुमारी तुम्बापो, आयुषा लिम्बुखिम, जीवन भट्टराई, शैलेन्द्र थेबे, भरतमणी पौडेल, नुनाम केरुङ, दिनेश माङमु, बिरेन्द्र खाम्दाक, सञ्जय निङलेकु आदि...

सूक्ष्म आँकलनमा छौँ– नेपाली सेना

सूक्ष्म आँकलनमा छौँ– नेपाली सेना
काठमाडौँ - नेपाली सेनाले सर्वाेच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र आँकलन गरिरहेको जनाएको छ । आफ्नो संवैधानिक दायित्व र भूमिकाबारे पूर्णरुपमा जानकार रहेको जनाउँदै सेनाले प्राप्त जिम्मेवारी र भूमिका निर्वाह गर्न सङ्गठन प्रतिबद्ध रहेको स्पष्ट गरेको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले रासससँग कुराकानी...

विद्यालयबाट सिधै घाँस–दाउरा

विद्यालयबाट सिधै घाँस–दाउरा
जाजरकोट - आइतबार अपराह्न ३ः०० बजे छेडागाड नगरपालिका–१ का आठ वर्षीयादेखि १५ वर्षीया छात्रा जङ्गलमा हँसिया र नाम्लोसँगै भेटिए । सडककै छेउमा रहेको जङ्गलमा भेटिएका सबै छात्राले कक्षा ३ देखि ९ सम्म कालिका माध्यमिक विद्यालय सोडारीमा पढ्ने विद्यार्थी रहेको बताए । बिहान विद्यालय गएर हत्तपत्त पढाइ सकी उनीहरु घर आएर सिधै जङ्गलमा घाँस–दाउराका लागि आएको कक्षा ६ मा पढ्ने कालिका रानाले बताउनुभयो । “घरमा आम...