लागु औषधसहित पक्राउ

लागु औषधसहित पक्राउ
काठमाडौं - प्रहरीले काठमाडौँको चन्द्रागिरिबाट लागुऔषधसहित आज एक जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषध ७०० एम्पुल नोर्फिन, ९०० एम्पुल डाईजेपाम र ७०० एम्पुल फेनारगनसहित पर्सा छिपरमाइ गाउँपालिका–५ बस्ने ३५ वर्षीय उपेन्द्र कुमारलाई प्रहरीले पक्राउ गरेको छ । पर्साबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ६३७७ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको ...

अरुण तेस्रोबाट रौताहा कन्स्ट्रक्सनले भुक्तानी पाएन एक करोड

अरुण तेस्रोबाट रौताहा कन्स्ट्रक्सनले भुक्तानी पाएन एक करोड
किमाथाङ्का - संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाले डेढ वर्षदेखि भुक्तानी नदिँदा मजदूर समस्यामा परेका छन् । आयोजनाको काम सम्झौताअनुसार सम्पन्न गरेको डेढ वर्ष बितिसक्दासमेत भुक्तानी नपाएको रौताहा कन्स्ट्रक्सन कम्पनीका निर्देशक भीमबहादुर थापाले जानकारी दिनुभयो । अरुण तेस्रो आयोजनाको ड्याम साइडमा भारतीय पटेल इञ्जिनीरिङ लिमिटेडले काम गरिरहेको छ । सोही कम्पनीसँग रौताह...

अब नयाँ जनादेशबाटै कांग्रेसले मुलुकको नेतृत्व लिने : नेता थापा

अब नयाँ जनादेशबाटै कांग्रेसले मुलुकको नेतृत्व लिने : नेता थापा
महोत्तरी - नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले अबको राजनीति नयाँ चुनावले नै स्थापित गर्ने बताउनुभएको छ । महोत्तरीको बर्दिवासमा आज कांग्रेस बर्दिवास नगर समितिले आयोजना गरेको कार्यक्रममा नेता थापाले अहिले नेकपाको किचलोभित्र पसेर सरकारमा जाने नभई आउने प्रतिनिधिसभाको चुनावमा केन्द्रित हुने नै आफ्नो दलको कार्यदिशा हुनपर्ने बताउनुभएको हो । अब नेकपाभित्रको खिचलोमा खेलेर सरकारमा जान सट्टा प्र...

चुनढुङ्गा खानीले स्थानीयवासी समस्यामा

चुनढुङ्गा खानीले स्थानीयवासी समस्यामा
वाग्मती - मकवानपुरको हेटौँडामा निजी क्षेत्रको लगानीमा सञ्चालित दुई ठूला सिमेन्ट उद्योगले सञ्चालन गर्दै आएका चुनढुङ्गा खानीका कारण स्थानीयवासी समस्या भोग्दै आएका छन् । हटियामा रहेको शिवम् सिमेन्ट उद्योग र हेटौँडाको चुरियामाईमा रहेको रिद्धिसिद्धी सिमेन्ट उद्योगले चुनढुङ्गा खानीबाट मापदण्डविपरीत जथाभावीरुपमा खानी क्षेत्र उत्खनन गर्दा स्थानीय बासिन्दा सस्यामा परेका हुन् । खानी क्षेत्रको आसपासको सड...

शहीद स्मारक ‘बी’ डिभिजन लिग : श्री भगवती क्लब विजयी

शहीद स्मारक ‘बी’ डिभिजन लिग : श्री भगवती क्लब विजयी
काठमाडौँ - शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा श्री भगवती क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा श्री भगवतीले झम्सिखेल युथ क्लबलाई ३–२ गोलअन्तरले पराजित गरेको हो । श्री भगवती क्लबका नवराज गुरुङ र मोहनबहादुर थापा मगरले एक एक गोल गर्नुभएको हो । झम्सिखेलले एउटा आत्मघाती गोल गरेको हो । झम्सिखेलका लागि मदन स्याङ्तान र अनिश चौधरीले एक÷...

सरकार आगलागी पीडितको साथमा छ : मुख्यमन्त्री राई

सरकार आगलागी पीडितको साथमा छ : मुख्यमन्त्री राई
ताप्लेजुङ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ताप्लेजुङको दोभानका आगलागी पीडितको पुनःस्थापनामा सरकारले सक्दो सहयोग गर्ने बताउनुभएको छ । आगलागी क्षेत्रको आज अवलोकन तथा निरीक्षणपछि राहत वितरण कार्यक्रममा उहाँले तीनवटै तहका सरकार पीडित परिवारको साथमा नै रहेकाले ढुक्क हुन आग्रह गर्नुभयो । आगलागीले घरसहितका सम्पत्ति गुमाएका परिवार र डेरा गरी बसोबास गरेका परिवारको पुनःस्थापना तथा दिर्घकाली...

‘आपराधिक घटना परिवार र आफन्तबाटै’

‘आपराधिक घटना परिवार र आफन्तबाटै’
बैतडी - केही आपराधिक घटना परिवार र आफन्तबाटै हुने गरेकोे छ । जिल्ला प्रहरी कार्यालयले पाटन र मैलौली नगरपालिकामा आयोजित छुट्टै÷छुट्टै कार्यक्रममा ‘नागरिक सुनुवाई’ कार्यक्रममा प्रहरीले यस्तो जानकारी दिएको हो । प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले नागरिकका गुनासो सुन्ने र शान्तिसुरक्षा कायम गर्न ‘थप के कुरा गर्नुपर्छ’ भनेर कार्याक्रम आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले...

आफ्नो नेतृत्वमा मात्रै कांग्रेस सरकारमा जान्छः डा महत

आफ्नो नेतृत्वमा मात्रै कांग्रेस सरकारमा जान्छः डा महत
चितवन - नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेत्रविक्रम चन्द समूह हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु सकारात्मक भएको बताउनुभएको छ । यहाँ आज पत्रकारसँग कुरा गर्दै उहाँले सरकार र सो पार्टीबीच भएको सहमति सकारात्मक भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “मूलधार र शान्तिको बाटोमा आउनु त ठीकै हो । सहमतिमा के कुरा छन् भन्ने चाहिँ हामीलाई थाहा छैन ।” फरक प्रसङ्गमा उहाँले प्रतिनिधिसभा...

सुदूरपश्चिम प्रदेश जलविद्युत् आयोजनाको केन्द्र बन्दै

सुदूरपश्चिम प्रदेश जलविद्युत् आयोजनाको केन्द्र बन्दै
बझाङ - सुदूरपश्चिम प्रदेश जलविद्युत् आयोजनाको केन्द्र बन्दै गएको छ । प्रदेशका पहाडी जिल्लामा दर्जनौंँ आयोजना निर्माणाधीन छन् भने कतिपय निर्माण सम्पन्न भई विद्युत् उत्पादनसमेत भइरहेको छ । जलविद्युत्को अपार सम्भावना भए पनि राज्यले सुदूरपश्चिमलाई चिन्न नसकेको प्रदेशवासीको गुनासो छ । बाह्रै महिना अटुट रुपमा बगिरहने सेती, महाकाली, चमेलिया, कालङ्गा, बूढीगङ्गालगायत अन्य साना नदीबाट हजाराँै मेगावाट वि...

जग्गाधनी पुर्जा पाउँदा औधि खुशी

जग्गाधनी पुर्जा पाउँदा औधि खुशी
कञ्चनपुर - शुक्लाफाँटा नगरपालिका–८ धारापानीलाई थातथलो बनाएका बालाराम गौतम खानेपानीका रूपमा खोलाको पानी प्रयोग गर्दै आउनुभएको छ । झण्डै पाँच दशकअघिदेखि पुख्र्यौली घर सुर्खेतबाट बसाइँ सारेर उहाँ सो स्थानमा आउनुभएको थियो । खोलाको पानी प्रयोग गर्नु उहाँका लागि रहर नभएर बाध्यता हो । विसं २०२८ देखि बस्दै आएको बस्तीमा खानेपानी व्यवस्था नहुँदा गाउँका बासिन्दाले धारपानी खोलाको पानी पिउन प्रयोग गर्दै आए...