ह्विलचियर प्रतियोगिता गरी मनाइयो शहिद दिवस

ह्विलचियर प्रतियोगिता गरी मनाइयो शहिद दिवस
मेरुदण्डीय पक्षघात भएकामा ह्विलचियर प्रतियोगिता आयोजना गरेर गोकर्णस्थित राष्ट्रिय शहिद स्मारक निर्माण क्षेत्र स्थलमा शहिद दिवस मनाइएको छ । स्मारक पर्यापर्यटन व्यवस्थापन समिति र निर्जन मेरुदण्डीय पक्षघात समूहले संयुक्तरुपमा आज आयोजना गरेको प्रतियोगितामा ५५ जनाले सहभागिता जनाएका थिए । कार्यक्रमका विजयीलाई गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो...

व्यास अल्ट्रा म्याराथनको उपाधि सेनाका महतारालाई

व्यास अल्ट्रा म्याराथनको उपाधि सेनाका महतारालाई
दमौली- तनहुँको व्यास नगरपालिकाले आज आयोजना गरेको ४४ किलोमिटर अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका देवराज महताराले जित्नुभएको छ । व्यास नगरपालिका–५ मानुङदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्म आयोजित चौथो म्याराथनको उपाधि तीन घण्टा तीन मिनेट ५१ सेकेन्डमा पार गर्दै महतराले जित्नुभएको हो । कालीकोट निवासी महतरा गत वर्ष आयोजित तेस्रो अल्ट्रा म्याराथनमा द्वितीय हुनुभएको थियो । म्याराथनमा सोलुख...

प्रथम चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल शुक्रबारदेखि

प्रथम चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल शुक्रबारदेखि
काठमाडौं - चन्द्रागिरि नगरपालिकाको सर्वाधिक राशिको ‘प्रथम चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता २०७७’ को तयारी पूरा भएको छ ।शुक्रबार र शनिबार चन्द्रागिरि–९ स्थित मत्छ्य फुटसल मैदानमा आयोजना हुने सो प्रतियोगितामा नगरका १५ वडाका २५ टिमबीच प्रतिष्पर्धा हुनेछ । चन्द्रागिरि–५ र नगरपालिका स्वयं आयोजक रहेको सो प्रतियोगिताको संयोजन वेष्टर्न युनाइटेड क्लबले गरेको छ । प्रतियोगिताका बारेमा ज...

पाँचौँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड’ वैशाखमा

पाँचौँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड’ वैशाखमा
कास्की - नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ) गण्डकीले कोरोना भाइरसका कारण स्थगन ‘टिभीएस अपाचे पाँचौँ पोखरा स्पोर्टस् अवार्ड’ आगामी वैशाखमा गर्ने भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर आगामी वैशाख २१ गते गत वर्ष र यस वर्षको गरी दुवै अवार्ड ‘पाँचौँ पोखरा स्पोर्टस् अवार्ड–२०७६÷०७७’ नाममा आयोजना गर्ने निर्णय मञ्चको बैठकले गरेको मञ्चका अध्यक्ष एकराज गिरीले जानकारी दिनुभयो । खेलाडी तथा...

राष्ट्रिय महिला लिग फुटबल ः एपीएफद्वारा त्रिभुवन आर्मी पराजित

राष्ट्रिय महिला लिग फुटबल ः एपीएफद्वारा त्रिभुवन आर्मी पराजित
काठमाडौं - राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत आज भएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबलाई २–० गोलले पराजित गरेको छ । एपीएफ लगातार तेस्रो खेलमा विजयी भएको हो । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स आजको खेलमा एपीएफका लागि अञ्जली कुमारी योन्जन र सरु लिम्बुले एक एक गोल गर्नुभयो । एपीएफले दुवै गोल पहिलो हाफमा गरेको हो । खेलको २७औँ मिनेटमा एपीएफका ल...

एक पालिका : एक खेलमैदान बनाइँदै

एक पालिका : एक खेलमैदान बनाइँदै
दमौली - तनहुँको ऋषिङ गाउँपालिकामा खेलमैदान निर्माणका लागि गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । एक पालिका : एक खेलमैदान कार्यक्रमबमोजिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले गाउँपालिकाको झापुटारमा खेलमैदान निर्माणका लागि बजेट विनियोजन गरेको हो । ऋषिङ–१ झापुटारस्थित खेलमैदानका लागि रु २० लाख बजेट विनियोजन गरिएको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जानकारी द...

राष्ट्रिय महिला तथा पुरुष क्लबस्तरीय भलिबल प्रतियोगिता हुने

राष्ट्रिय महिला तथा पुरुष क्लबस्तरीय भलिबल प्रतियोगिता हुने
पोखरा- राष्ट्रियस्तरको महिला तथा पुरुष क्लबस्तरीय भलिबल प्रतियोगिता यही माघ २७ देखि आगामी फागुन १ गतेसम्म पोखरामा हुने भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रङ्गशालामा ‘प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनशिप भलिबल प्रतियोगिता–२०७७’ हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गु्रपका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँले सो खेलका लागि महि...

पिपल्स च्वाइस अवार्ड,महिला खेलाडीको वर्चस्व

पिपल्स च्वाइस अवार्ड,महिला खेलाडीको वर्चस्व
काठमाडौं - नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार सार्वजनिक गरेको मनोनयनमा गौरिकासँगै कराँतेका मण्डेकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेका छन्। गत वर्ष उनीहरूले खेलमैदानमा हात पारेको सफलता र चर्चाका आधारमा मनोनयनमा परेका हुन्।   यस विधामा पाँच खेलाडी रहने गर्छन् । यसपालि महिला खेलाडीको बाहुल्यता रहेको छ । मनोनयनमा परेका ५ मध्ये ४ महिला खेला...

महिला आईपीएलको उपाधि ट्रेलब्लेजर्सलाई

महिला आईपीएलको उपाधि ट्रेलब्लेजर्सलाई
महिलाको टी–२० आईपीएलको फाइनलमा ट्रेलब्लेजर्स टिमले सुपरनोभाजलाई हराएर पहिलोपटक प्रतियोगिताको उपाधि जितेको छ। सोमबार सारजहामा भएको फाइनल खेलमा टे«लब्लेजर्सले सुपरनोभाजलाई १६ रनले हराएको हो। यसका साथै सुपरनोभाजको उपाधिमाथि ह्याट्रिक गर्ने अवसर पनि समाप्त भएको छ। हरमनप्रीत कौरको टिम सुपरनोभाज अघिल्ला दुई संस्करणका विजेता थियो। टस हारेर ब्याटिङ गरेको टे«लब्लेजर्सले सुपरनोभाजलाई १ सय १९ रनको विज...

ए – डिभिजन लिग : पुलिसद्वारा फ्रेण्ड्स पराजित

ए – डिभिजन लिग : पुलिसद्वारा फ्रेण्ड्स पराजित
काठमाडौँ विभागीय टोली नेपाल पुलिस क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आफ्नो लिगको अन्तिम खेलमा सहज जित हात पारेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा पुलिसले फ्रेण्ड्स क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै सहज जित हात पारेको हो । पुलिसको जितमा जुमानु राईले ह्याट्रिक गरे । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा पुलिसले तीनै गोल दोस्रो हाफमा ग¥यो । हेमन...