महिलाको टी–२० आईपीएलको फाइनलमा ट्रेलब्लेजर्स टिमले सुपरनोभाजलाई हराएर पहिलोपटक प्रतियोगिताको उपाधि जितेको छ।

सोमबार सारजहामा भएको फाइनल खेलमा टे«लब्लेजर्सले सुपरनोभाजलाई १६ रनले हराएको हो। यसका साथै सुपरनोभाजको उपाधिमाथि ह्याट्रिक गर्ने अवसर पनि समाप्त भएको छ। हरमनप्रीत कौरको टिम सुपरनोभाज अघिल्ला दुई संस्करणका विजेता थियो।

टस हारेर ब्याटिङ गरेको टे«लब्लेजर्सले सुपरनोभाजलाई १ सय १९ रनको विजयी लक्ष्य दिएको थियो। तर, जवाफमा सुपरनोभाजको टिम–२० ओभरमा ७ विकेट गुमाउँदै १ सय २ रनमा समेटिएको थियो। पराजित टिमकी कप्तान हरमनप्रीतले सर्वाधिक ३० रन जोडिन्।
सुपरनोभाजकी ओपनर चमारी अटापट्टु नचल्नु नै हारको मुख्य कारक बन्यो। उनी ६ रनमै सोफी एक्लेस्टोनको बलमा आउट भइन्। जबकि, यसअघिको खेलमा अटापट्टुले टे«लब्लेजर्सविरुद्ध ६७ रन जोडेकी थिइन्।

अटापट्टु आउट भएपछि जेमिमा रोड्रिग्स र तानिया भाटियाले सम्हालिँदै स्कोर बढाएकी थिइन्। तर, दुवै खेलाडीलाई दिप्ती शर्माले आउट गरेर टे«लब्लेजर्सलाई खेलमा फर्काएकी थिइन्। तानियाले १४ रन र जेमिमाले १३ रन बनाएका थिए। टे«लब्लेजर्सको बलरमा सलमा खातुनले सर्वाधिक ३ विकेट लिइन् भने दिप्ति शर्माले २ विकेट हात पारेकी थिइन्।

यसअघि टे«लब्लेजर्सले निर्धारित २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय १८ रन जोडेको थियो। टिमकी कप्तान स्मृतिले सर्वाधिक ६८ रन बनाइन्। अन्य खेलाडीले भने केही गर्न सकेनन्। सुपरनोभाजका लागि राधा यादवले ५ विकेट लिएकी थिइन्। उनी प्रतियोगितामा एकै खेलमा ५ विकेट लिने पहिलो खेलाडीसमेत बनिन्।-एजेन्सी

तपाईको प्रतिक्रिया