मिथिला नगरपालिका विद्यालय बन्द

मिथिला नगरपालिका विद्यालय बन्द
धनुषा - बाक्लो हुस्सु र शीतलहरको कारण धनुषासहित तराई मधेशमा अत्यधिक जाडो बढेपछि मिथिला नगरपालिकाले माघ २१ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । पुसको अन्तिम सातादेखि शुरु भएको लगातारको शीतलहरका कारण विद्यार्थीलाई विद्यालय जान आउन समस्या हुन थालेपछि नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय यही माघ १८ देखि २१ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख हरिनारायण महतोले बत...

ह्विलचियर प्रतियोगिता गरी मनाइयो शहिद दिवस

ह्विलचियर प्रतियोगिता गरी मनाइयो शहिद दिवस
मेरुदण्डीय पक्षघात भएकामा ह्विलचियर प्रतियोगिता आयोजना गरेर गोकर्णस्थित राष्ट्रिय शहिद स्मारक निर्माण क्षेत्र स्थलमा शहिद दिवस मनाइएको छ । स्मारक पर्यापर्यटन व्यवस्थापन समिति र निर्जन मेरुदण्डीय पक्षघात समूहले संयुक्तरुपमा आज आयोजना गरेको प्रतियोगितामा ५५ जनाले सहभागिता जनाएका थिए । कार्यक्रमका विजयीलाई गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो...

अन्ततः कक्षा ११ र १२ मा गणित पनि अनिवार्य

अन्ततः कक्षा ११ र १२ मा गणित पनि अनिवार्य
काठमाडौँ -कक्षा ११ र १२ मा ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’ र गणित दुवै विषय अनिवार्यमा पर्ने भएको छ । यसअघि अनिवार्यबाट हटाइ ऐच्छिकमा राखिएको गणित विषयलाई पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को शनिबारको बैठकले अनिवार्य विषयका रुपमा पढ्न चाहने विद्यार्थीका लागि बाटो खुल्ला रहने गरी निर्णय गरेको हो । नयाँ पाठ्यक्रममा गणितलाई ऐच्छिकमा राखिएमा सम्बन्धित विषयविज्ञबाट उठेको असन्तुष्टिलाई सम्...

सूचना प्रणालीमा प्रविष्ट नगरी मालसामान ढुवानी गर्नेलाँई जरिवाना

सूचना प्रणालीमा प्रविष्ट नगरी मालसामान ढुवानी गर्नेलाँई जरिवाना
राजस्व अनुसन्धान विभागले सूचना प्रणालीमा प्रविष्ट नगरी मालवामान ढुवानी गर्ने विभिन्न फामलाई लाखौँ जरिवाना तिराएको छ । विभागका अनुसार काठमाडौँका विभिन्न ८५ वटा फाम अनुगमन गर्दा १९ वटा फामले कैफियत गरेको पाइएपछि रु २४ लाखभन्दा बढी जरिवाना तिराइएको विभागले आज एक सूचना जारी गरी जनाएको छ । विभगाले व्यवसाय गर्ने सम्पूर्ण फाम, संस्थाले व्यावसायिक प्रयोजनका मालवस्तु ढुवानी गर्नु पूर्व ढुवानी गरिने माल...

बसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

बसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु
ढल्केवर–जनकपुर राजमार्गको सपही सडक खण्डमा आज बसले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएका धनुषाको लक्ष्मीनिया गाउँपालिका–३ का ५० वर्षीय दिपचन्द्र यादवको मृत्यु भएको छ । ढल्केवर–जनकपुर राजमार्गको लक्ष्मीनिया गाउँपालिका–४ सपहीस्थित सडकमा ना ४ ख १०६९ नम्बरको बसले यादव सवार साइकललाई पछाडीबाट ठक्कर दिएको थियो । बसको ठक...

फरार अभियुक्त पक्राउ

फरार अभियुक्त पक्राउ
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका विभिन्न जिल्ला प्रहरी कार्यालयद्वारा सात फरार अभियुक्त पक्राउ गरिएको बताइएको छ । फरार अभियक्त पक्राउ अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय सुर्खेतले लेनदेन मुद्दाका एक र सार्वजनिक मुद्दाका तीन अभियुक्त पक्राउ गरेको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय जुम्लाबाट वन मुद्दाको एक र कर्तव्य ज्यान मुद्दाका दुई फरार अभियुक्तलाई पक्राउ गरिएको कर्णाली प्रदे...

थप १५७ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि

थप १५७ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि
देशभर पछिल्लो २४ घण्टामा थप १५७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार २२१ जनाको स्वास्थ्य परीक्षण गर्दा ५९ महिला र ९८ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७० हजार ७४५ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ३३३ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ६५ ...

उपलब्धि रक्षा गर्न सहिदको शालिकअघि धर्ना

उपलब्धि रक्षा गर्न सहिदको शालिकअघि धर्ना
काठमाडौँ -सहिदको बलिदानबाट प्राप्त उपलब्धिमाथि प्रहार हुनथालेको ठहर गर्दै गणेशमान सिंह अध्ययन प्रतिष्ठानले शोभाभगवतीस्थित सहिद दशरथ चन्द र गङ्गालाल श्रेष्ठको शालिक अगाडि एक घण्टा धर्ना दिएकोे छ । सहिद दिवसको अवसर पारेर प्रतिष्ठानका अध्यक्ष नविन्द्रराज जोशीको नेतृत्वमा संसद् विघटन असंवैधानिक र सहिदको सपना विपरीत भएको भन्दै एक घण्टा धर्ना दिइएको हो । सहिदको शालिकमा माल्यार्पण गर्नुहुँदै पूर्वमन्...

भिसिटिएसमा मालवस्तु प्रविष्ट नगर्नेलाई विभागको जरिवाना

भिसिटिएसमा मालवस्तु प्रविष्ट नगर्नेलाई विभागको जरिवाना
काठमाडौँ -राजश्व अनुसन्धान विभागले भेहिकल एण्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम ९भिसिटिएस०मा प्रविष्ट नगरी मालवस्तु ढुवानी गरेका व्यवसायीलाई रु २४ लाख २५ हजार बराबरको जरिवाना गरेको छ । विभागले आज एक विज्ञप्ति प्रकाशन गरी यही माघ ७ र ८ गते काठमाडौँको ढुङ्गेअड्डा र नयाँ सडकमा गरेको अनुगमनका क्रममा भिसिटिएस प्रणालीमा आवद्ध नगरी मालसामान ओसार पसार गरेको पाइएको जनाएको हो । व्यवसाय गर्ने सम्पूर्ण फर...

‘फाभिर–२००’ बिक्रीको अनुमतिका निम्ति सरकारसँग आग्रह

‘फाभिर–२००’ बिक्रीको अनुमतिका निम्ति सरकारसँग आग्रह
काठमाडौं - देउराली जनता फर्मास्युटिकल्सले कोरोना–१९ को मध्यमसङ्क्रमण भएका बिरामीलाई ‘फाभिर–२००’ औषधि सेवन गर्दा कुनै किसिमको नकारात्मक असर नपरेको चिकित्सकीय परीक्षणबाट प्रमाणित भएको बताउँदै उक्त औषधि बिक्रीको अनुमति दिन सरकारसँग अनुरोध गरेको छ । नेपालको इतिहासमा पहिलोपटक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् तथा देउराली जनता फर्मास्युटिकल्सले संयुक्तरुपमा हालै गर...