राजस्व अनुसन्धान विभागले सूचना प्रणालीमा प्रविष्ट नगरी मालवामान ढुवानी गर्ने विभिन्न फामलाई लाखौँ जरिवाना तिराएको छ । विभागका अनुसार काठमाडौँका विभिन्न ८५ वटा फाम अनुगमन गर्दा १९ वटा फामले कैफियत गरेको पाइएपछि रु २४ लाखभन्दा बढी जरिवाना तिराइएको विभागले आज एक सूचना जारी गरी जनाएको छ ।

विभगाले व्यवसाय गर्ने सम्पूर्ण फाम, संस्थाले व्यावसायिक प्रयोजनका मालवस्तु ढुवानी गर्नु पूर्व ढुवानी गरिने मालवस्तु र सवारी साधनको संक्षिप्त विवरण सूचना प्रणालीमा अनिवार्य प्रविष्ट गर्न अनुरोध गरेको छ । यसरी प्रविष्ट गरिसकेपछि सक्कल कागजात साथमा राखी मालसामान ओसारपसार गर्न पनि अनुरोध छ । विभागले गत वर्षदेखि उक्त प्रणाली लागू गरेको थियो ।

तपाईको प्रतिक्रिया