काठमाडौँ -राजश्व अनुसन्धान विभागले भेहिकल एण्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम ९भिसिटिएस०मा प्रविष्ट नगरी मालवस्तु ढुवानी गरेका व्यवसायीलाई रु २४ लाख २५ हजार बराबरको जरिवाना गरेको छ ।

विभागले आज एक विज्ञप्ति प्रकाशन गरी यही माघ ७ र ८ गते काठमाडौँको ढुङ्गेअड्डा र नयाँ सडकमा गरेको अनुगमनका क्रममा भिसिटिएस प्रणालीमा आवद्ध नगरी मालसामान ओसार पसार गरेको पाइएको जनाएको हो ।

व्यवसाय गर्ने सम्पूर्ण फर्म, संस्थाले व्यावसायिक प्रयोजनका लागि मालवस्तु ढुवानी गर्नुपूर्व ढुवानी गरिने मालवस्तु र सवारी साधनको संक्षिप्त विवरण प्रणालीमा अनिवार्य प्रविष्ट गर्न भनेको छ । विभागले हरिसिद्धि सिलाई केन्द्र, हिमाली टाइगर सुज, त्रिवेणी इम्पेक्स, बङ्गलामुखी स्टोर्स हिमगिरी टे«डिङ, युनाइटेड मार्केटिङ, गणपति टे«डिङ, विआर सुज सेन्टर, इगल टेक नेपाल, किरण सुज, मोर्डन स्लिपर, सदा शिव टे«डिङ, शुभ इन्टरनेशनल, हामे प्लस टे«ड, सूर्य प्याकर्स एण्ड सप्लायर्स, खत्री ढुङ्गा सप्लायर्स र ओम श्री मच्छिन्द्रनाथ इँटा उद्योगले भिसिटिएसमा मालवस्तु प्रविष्ट नगरी ढुवानी गरेको पाइएको विभागले जनाएको छ ।

विभागका अनुसार कूल १८ वटा त्यस्ता सप्लायर्सले सरकारले तोके अनुसारको व्यवहार नगरेको पाइएको छ ।

तपाईको प्रतिक्रिया