मन्त्री ढकाल र बास्कोटालाई थपियो मन्त्रालयको जिम्मेवारी

मन्त्री ढकाल र बास्कोटालाई थपियो मन्त्रालयको जिम्मेवारी
 काठमाडौं - सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले थप मन्त्रालयको जिम्मेवारी पाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रधानमन्त्रीको सिफारिसमा बाँस्कोटालाई सहरी विकास मन्त्रालय र ढकाललाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। स्वास्थ्य मन...

स्ववियु निर्वाचन फागुन १४ मा

स्ववियु निर्वाचन फागुन १४ मा
काठमाडौं - त्रिभुवन विश्वविद्यालयल (त्रिवि)ले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको गर्ने निर्णय गरेको छ । त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले फागुन १४ गते स्ववियु निर्वाचन गर्ने घोषणा गरेको विद्यार्थी कल्याण महाशाखा प्रमुख गङ्गाबहादुर थापाले जानकारी दिए । परिषद्ले महाशाखा प्रमुख थापालाई त्रिवि अन्तर्गतका क्याम्पसमा स्ववियु निर्वाचनको तयारी गर्न निर्द...

मैदानमै मुक्का हानाहान गरेपछि ६ खेलाडीलाई कारबाही

मैदानमै मुक्का हानाहान गरेपछि ६ खेलाडीलाई कारबाही
काठमाडौँ - एन्फाको अनुशासन समितिले मनाङविरुद्ध मछिन्द्रको खेल सकिएपछि मुक्का हानाहानमा उत्रिएका ६ खेलाडी कारबाहीमा परेका छन् । मनाङका विंगर जगजित श्रेष्ठलाई ५ र दोस्रो रोजाइका गोलकिपर अशोक बराललाई ६ खेल तथा रन्जन विष्टलाई २ खेलमा निलम्बन गरिएको उल्लेख गर्दै एन्फाले मछिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाललाई २ खेलमा निलम्बनको कारबाही गर्‍यो । दशरथ रंगशालामा सोमबार खेल सकिएलगत्तै ज...

‘अपराधी’ पक्राउ गर्दा प्रहरीलाई कारबाही

‘अपराधी’ पक्राउ गर्दा प्रहरीलाई कारबाही
काठमाडौं - उच्च अदालत तुलसीपुरको बुटवल इजलासले अपराधी पक्राउ गर्ने प्रहरी र कर्मचारीलाई कारबाही हुने भनी ‘विवादास्पद’ फैसला गरेको छ। न्यायाधीशहरु शेषराज शिवाकोटी र दीपेन्द्रबहादुर बमको इजलासले बन्दी प्रत्यक्षीकरणको मुद्दामा फरार रहेको कसुरदार पक्राउ गर्ने व्यक्तिलाई नै दोषी देखाएको छ। बैंकिङ कसुरको आरोपमा तीन वर्ष कैद र ८० लाख जरिवाना तिर्नुपर्ने गरी दोषी ठहर भएका अधिवक्ता अर्जुनबहादुर क...

विधेयक पारित भए अरिंगालबाहेक कोही जोगिदैन – गगन थापा

विधेयक पारित भए अरिंगालबाहेक कोही जोगिदैन – गगन थापा
काठमाडौं - नेपाली कांग्रेसका नेता गगन थापाले सूचना प्रविधि विधेयक जस्ताको तस्तै पारित भए यसले सरकारका अरिंगालबाहेक अरु कसैलाई बाँकी नराख्‍ने बताएका छन्। बिहीबार नेपाल विद्यार्थी संघले विधेयकविरुद्ध माइतीघर मण्डलामा गरेको सभालाई सम्बोधन गर्दै थापाले यस्तो आक्रोश पोखेका हुन्। उनले भने, 'विधेयक जस्ताको तस्तै पारित भए सरकारका अरिङ्गाल बाहेक कोही बाँकी रहँदैनन्। नेकपा र अखिलका साथीहरुले बुझे हुन्...

राजपरिवारको वरिष्ठ सदस्यबाट अलग हुने बेलायती ह्यारी र मेगनको घोषणा

राजपरिवारको वरिष्ठ सदस्यबाट अलग हुने बेलायती ह्यारी र मेगनको घोषणा
काठमाडौं - बेलायती महारानी एलिजावेथका नाती राजकुमार ह्यारीले आफू र आफ्नी पत्नी मेगन राजपरिवारको वरिष्ठ सदस्यको भूमिकाबाट अलग हुने निर्णय गरेका छन् । राजकुमार ह्यारीले राजपरिवारको वरिष्ठ सदस्यको भूमिकाबाट छुट्टिदै आर्थिकरुपमा स्वतन्त्र बन्न काम गर्ने बताएका छन् । राजकुमार ह्यारीको घोषणापछि ‘ड्युक एण्ड डचेज अफ् ससेक्स’ लाई लिएर बेलायती राजपरिवार अप्ठ्यारोमा परेको छ । परम्पराका अनुसार महारानी...

अब कमिशन पत्रकारिता चल्दैन :मन्त्रि बाँस्कोटा

अब कमिशन पत्रकारिता चल्दैन :मन्त्रि   बाँस्कोटा
काठमाडौं - सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले अब कमिशन पत्रकारिता धेरै नचल्ने बताएका छन्। बुधबार नेपाल पत्रकार महासंघ भक्तपुरको २३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।   आफूसमेत पत्रकारिता क्षेत्रबाटै राजनीतिमा आएको बताउँदै बाँस्कोटाले एउटा कुरा भन्दा पूर्वाग्रह राखेर अर्को कुरा प्रस्तुत गर्ने प्रवृत्ति मिडियामा हावी आरोप लगाउँदै बाँस्कोटाले यस्तो बताएका ह...

समृद्ध राष्ट्र निर्माण गर्न हरेक क्षेत्रबाट प्रयत्न : मन्त्री नेम्वाङ

समृद्ध राष्ट्र निर्माण गर्न हरेक क्षेत्रबाट प्रयत्न : मन्त्री नेम्वाङ
फिदिम - भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले समृद्ध राष्ट्र निर्माणका लागि सरकारले हरेक क्षेत्रबाट प्रयत्न गरिरहेको बताएका छन् । पाँचथरको हिलिहाङ गाउँपालिका–१ र २ अँध्यारोमुक्त वडा घोषणा गर्न आज आयोजित कार्यक्रममा मन्त्री नेम्वाङले देशका ४० जिल्लामा पूर्ण विद्युतीकरण गर्ने योजना चालु आर्थिक वर्षबाट अघि बढेको जानकारी दिए । यही कार्यक्रमअन्तर्गत पाँचथरमा चालु आर्थिक वर्षमा...

बलात्कारका अभियुक्त गाउँ फर्केर भोजभतेर गरे, बलात्कृत आँसु बोकेर काठमाडौंमा

बलात्कारका अभियुक्त  गाउँ फर्केर भोजभतेर गरे, बलात्कृत आँसु बोकेर काठमाडौंमा
काठमाडौं - बलात्कारपछि भारतको दिल्लीमा बेचिएकी नेपालगन्जकी २२ वर्षीया अनिशा शर्मा (नाम परिवर्तन) तब झस्किइन्, जब उच्च अदालत तुल्सीपुरको नेपालगन्ज इजलासले जिल्ला अदालत बाँकेको आदेश उल्ट्याएर घटनाका अभियुक्तलाई एक–एक लाख धरौटीमा छाड्न आदेश दियो । आदेशलगत्तै अभियुक्त निजामुद्दिन साँई र मुवारक नाउ जेलमुक्त भए । उनीहरूले गाउँ फर्किएर भोजभतेर गरे ।  पीडित भने गाउँबाट विस्थापित हुनुपर्‍यो । निजामुद्द...

मिस्टर एण्ड मिस टीन शेर्पाको ट्यालेन्ट राउण्ड सम्पन्न

मिस्टर एण्ड मिस टीन शेर्पाको ट्यालेन्ट राउण्ड सम्पन्न
अविन लिम्बू काठमाडौं – मिस्टर एण्ड मिस टिन शेर्पा २०२० (सिजन – २) को ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । गौतम बुद्ध फिल्मस् प्रा.लि.ले आयोजना गरेको मिस्टर एण्ड मिस टिन शेर्पाको ट्ल्यान्ट राउण्ड राजधानीमा सम्पन्न भएको हो । काठमाडौं सहित सिन्धुपाल्चोक , सोलुखुम्बु, भोजपुर ,संखुवासभा, ताप्लेजुङ लगायत विभिन्न जिल्लाबाट सहभागी भएका छन् । ट्यालेन्ट शोमा १९ जना प्रतियोगीहरुले नृत्य, गायन, भा...