त्रुटि सच्याउन आन्दोलनको विकल्प रहेन : नेता शर्मा

त्रुटि सच्याउन आन्दोलनको विकल्प रहेन : नेता शर्मा
नेपाल कम्युनिष्ट पार्टी ९ नेकपा दाहाल–नेपाल समूहका नेता तथा पूर्वमन्त्री जनार्दन शर्माले प्रधानमन्त्रीको त्रुटि सच्याउनका लागि आन्दोलनको विकल्प नभएको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको बनेपामा आज राष्ट्रिय युवा सङ्घ नेपाल र अनेरास्ववियु जिल्ला कमिटीले आयोजना गरेको बृहत युवा विद्यार्थी भेलामा उहाँले पार्टी एकता गर्ने बेलामा देखेका सपना पूरा गर्नुको साटो तुसारापात गर्न खोजिएकाले दवावस्वरुप आफूहरु आन्द...

धारा ७६ र धारा १०० सँगै जोडेर हेर्न आग्रह

धारा ७६ र धारा १०० सँगै जोडेर हेर्न आग्रह
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा कानून व्यवसायीले संविधानको व्याख्या गर्दा संविधानको धारा ७६ लाई मात्र नभएर धारा १०० लाई पनि सँगै जोडेर व्याख्या गर्न आग्रह गरेका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको १२औँ दिनको सुनुवाइमा विघटित प्रतिनिधिसभाका सदस्य देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशि श्रेष्ठ र रामकुमारी झाँक्रीका तर्फबाट तीन जनाले बहस गर्दै सो आग्रह गर्नुभएको...

प्रधानसेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता

प्रधानसेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता
प्रधान सेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकाका राजदूत ¥यान्डी डब्लु बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा भएको उक्त भेटमा उहाँहरुबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । अमेरिकाले नेपाली सेनालाई प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन कार्यमा संस्थागत क्षमता सुदृढीकरणमा सहयोग पु¥याउदै आएको ...

दल चुनावी घरदैलोमा लागिसके :मन्त्री श्रेष्ठ

दल चुनावी घरदैलोमा लागिसके :मन्त्री श्रेष्ठ
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले घोषित निर्वाचनको तयारीका लागि सबै दल घरदैलोमा लागिसकेको बताउनुभएको छ । काठमाडौं महानगरपालिका–१४ खड्का गाउँमा निर्माण भएको खानेपानी परियोजनाको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भन्नुभयो, “सबै दल आन्दोलनको नाममा घरदैलौ अभियान भन्दै गाउँगाउँमा चुनाव प्रचारमा लागिसकेका छन् । मुलुक चुनावमय भइसकेको छ । यो चुनाव कसैले पनि रोक्न सक्दैन ।” नेक...

विधानले जनजातिको अधिकार सुनिश्चित गरेको छ : मुख्यमन्त्री पौडेल

विधानले जनजातिको अधिकार सुनिश्चित गरेको छ : मुख्यमन्त्री पौडेल
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपालको वर्तमान संविधानले सबै आदिवासी जनजातिको अधिकार सुनिश्चित गरेको बताउनुभएको छ । आज किरात देवास राई उत्थान समाज, नेपालले प्रकाशन गरेको “देवास राई कृति सङ्गालो” नामक देवास राई भाषाको पुस्तक विमोचनमा मुख्यमन्त्री पौडेलले नेपालका सबै जातजातिको भाषा संस्कृतिको संरक्षण गरिने उल्लेख गर्नुभयो । संसारलाई अनेकतामा एकताको गतिलो उदाहरण प्रस्तुत गर्न सफल नेपाल...

सरकार समृद्धिको बाटोमा : मुख्यमन्त्री गुरुङ

सरकार समृद्धिको बाटोमा : मुख्यमन्त्री गुरुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शहीद तिलक पाण्डेको सपना पूरा गर्न सरकार समृद्धिको बाटोमा अघि बढेको बताउनु भएको छ । शहिद पाण्डेको स्मृतिमा निर्माण गरिएको सुन्दरबजार–२ परेवाडाँडास्थित मनकामना टोलमा स्मृति प्रवेशद्धारको आज दिउँसो उद्घाटन गर्दै सरकारले विकास, सुशासन र समृद्धिका पक्षमा काम गरिरहेपनि त्यस्तो देख्न नसक्नेले सत्ता र कुर्चिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन खो...

लोकतन्त्र कांग्रेसको ढुकढुकी : नेता निधि

लोकतन्त्र कांग्रेसको ढुकढुकी : नेता निधि
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले लोकतन्त्र कांग्रेसको प्राण भएको बताउनुभएको छ । प्रजातान्त्रिक योद्धा स्वर्गीय रामनारायण मिश्रको शालिक आज महोत्तरीको जलेश्वरमा अनावरण गर्दै नेता निधिले लोकतन्त्र कांग्रेसको ढुकढुकी भएको बताउनुभएको हो । “अन्य कतिपय दलका लागि लोकतन्त्र रणनीति, कार्यनीतिको विषय होला, तर कांग्रेसका लागि त यो जीवन पद्धति हो”, नेता निधिले भन्नुभयो, “लोकतन्त्रका लागि सहादत गर्ने र...

देशमा गम्भीर राजनीतिक सङ्कट : अध्यक्ष दाहाल

देशमा गम्भीर राजनीतिक सङ्कट : अध्यक्ष दाहाल
विराटनगर - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले देशमा अहिले गम्भीर राजनीतिक सङ्कट देखापरेकोले यसको निकासका लागि जनतामाझ आएको बताउनुभएको छ । सो पार्टीद्वारा आज यहाँ आयोजित ‘प्रतिनिधिसभा विघटनविरुद्ध विरोधसभा’मा उहाँले ‘प्रधानमन्त्रीले संसद् विघटन मात्र गरेको होइन लोकतन्त्र माथि नै हमला गर्नुभएको छ’ भन्नुभयो । पार्टी एकीकरण भएको तीन वर्ष नपुग...

वडाध्यक्ष पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरीम आदेश

वडाध्यक्ष पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरीम आदेश
बलेवा - बागलुङको ढोरपाटन नगरपालिका–४ का वडा अध्यक्ष तिलक पुनलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरीम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायधिश प्रकाशमान सिंह राउतको एकल इजलाशले निर्वाचन आयोगसँग लिखित जवाफ माग गर्दै आयोगले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरीम आदेश दिएको हो । सर्वोच्चले अन्तरीम आदेश जारी गर्न नपर्नुको कारण १५ दिनभित्...

विघटन संविधानमाथि गम्भीर प्रश्न

विघटन संविधानमाथि गम्भीर प्रश्न
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनपछिको अवस्थाले संविधान र व्यवस्थामाथि नै गम्भीर प्रश्न चिह्न खडा भएको बताउनुभएको छ । जिल्ला अध्यक्षसँगको भर्चुअल बैठकमा थापाले संसद् विघटनले मुलुकमा सङ्कट गहिरिएर गएको र संवैधानिक जटिलता पैदा भएको बताउनुभयो । पार्टीको आगामी कार्यदिशा सङ्गठन, जनसङ्घर्ष र महाधिवेशनमा केन्द्रित भएको बताउँदै थापाले पार्टी विभाजनको पीडा...