एमालेमा उद्योगपति अग्रवाल

एमालेमा उद्योगपति अग्रवाल
काठमाडौँ - नेकपा (एमाले)मा उद्योगपति राजेशकुमार अग्रवाल प्रवेश गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अग्रवाललाई खादा लगाई पार्टीमा स्वागत गर्नुभएको थियो । प्रधानमन्त्रीले स्वागतपश्चात् पार्टीमा अग्रवालबाट राम्रो भूमिका निर्वाह हुने विश्वाससमेत व्यक्त गर्नुभयो । भैरहवा निवासी ४९ वर्षीय अग्रवाल अर्घाखाँची सिमेन्ट र श्री...

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता
काठमाडौं -राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी आज अपराह्न स्वदेश फिर्ता हुनुभएको छ । राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलगायतले बिदाइ गर्नुभएको थियो । राष्ट्रपति भण्डारी बङ्ग...

प्रतिनिधिसभामा तीन वार्षिक प्रतिवेदन पेश

प्रतिनिधिसभामा तीन वार्षिक प्रतिवेदन पेश
काठमाडौँ - प्रतिनिधिसभामा न्याय परिषद् र न्याय सेवा आयोग तथा महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले सदनसमक्ष ती दुवै प्रतिवेदन पेश गर्नुभएको हो । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उक्त समितिको वार्षिक प्रतिवे...

नेकपा खारेजको फैसला पुनरवलोकनमा जाने माओवादीको तयारी

नेकपा खारेजको फैसला पुनरवलोकनमा जाने माओवादीको तयारी
काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैलासविरुद्ध पुनरवलोकनमा जाने तयारी थालेको छ । उक्त फैसलाको पुनरवलोकनका लागि आज माओवादीले कानून व्यवसायीसँग पारमर्श गरेको हो । सर्वोच्च अदालतले नेकपा (एमाले) र माओवादी केन्द्र एकीकरण गरी बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता बदर गर्दै पूर्ववत् अवस्थामा फर्काउने निर्णय गरेको थियो । ऋषि कट्टेल नेत...

कांग्रेसको नेतृत्वमा सरकार निर्माणको तयारी गरिएको छैनः देउवा

कांग्रेसको नेतृत्वमा सरकार निर्माणको तयारी गरिएको छैनः देउवा
मोरङ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले आफ्नो दलका नेतृत्वमा सरकार निर्माण गर्ने तयारी नगरिएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले वर्तमान अवस्थामा सरकारमा सहभागी हुनका लागि पार्टीले मरिहत्ते नगरेको स्पष्ट गर्नुभयो । सभापति देउवाले भन्नुभयो, “हाम्रो पार्टी प्रतिपक्षी भएकाले वर्तमान सरकारमा सहभागी हुँदैन, जनताले कांग्रेसलाई प्रतिपक्षको भू...

बङ्गलादेशका राष्ट्रपिताको स्मृति सङ्ग्रहालयमा राष्ट्रपति भण्डारी

बङ्गलादेशका राष्ट्रपिताको स्मृति सङ्ग्रहालयमा राष्ट्रपति भण्डारी
ढाका - मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले आज यहाँका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबर रहमानका स्मृतिमा स्थानीय धनमन्दीमा निर्मित बङ्गबन्धु स्मृति सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ । बङ्गलादेश स्वतन्त्रता आन्दोलनका अग्रणी बङ्बन्धुलाई हत्या गरिएको घरसमेतलाई सङ्ग्रहालय बनाइएको छ । बङ्गलादेशका पहिलो राष्ट्रपति र पछि सन् १९७१ मा प्रधानमन्त...

प्रदूषण व्यवस्थापनका लागि उपकरण राख्न अन्तरिम आदेश

प्रदूषण व्यवस्थापनका लागि उपकरण राख्न अन्तरिम आदेश
देउखुरी - उच्च अदालत तुलसीपुरले घोराही सिमेन्ट इण्डष्ट्रिज प्रालिलाई उद्योग सञ्चालन गर्दा हुने धुवाँ, धुलो र वातावरणीय प्रदूषण तत्काल नियन्त्रण गर्न अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतका मुख्य न्यायाधीश नीता गौतम दीक्षित र न्यायाधीश रमेशराज पोखरेलको संयुक्त इजलासले वातावरणमा प्रतिकूल असर पार्ने कार्य नियन्त्रणका लागि उपकरणको व्यवस्थापन गर्न अन्तरिम आदेश दिएको हो । पीडितको रिट निवदेनमाथि सुनुवा...

राष्ट्रपति भण्डारी र समकक्षी हमिदबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र समकक्षी हमिदबीच भेटवार्ता
ढाका - मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणका रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी र बङ्गलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदबीच गए राति दुईपक्षीय भेटवार्ता भएको छ । भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलगायत दुवै देशका उच्चपदस्थ अधिकारी सहभागी हुनुहुन्थ्यो । भेटवार्तापछि उहा...

जेठ ३० गते स्ववियु निर्वाचन गर्ने सहमति

जेठ ३० गते स्ववियु निर्वाचन गर्ने सहमति
काठमाडौं - त्रिभुवन विश्वविद्यालयले आगामी जेठ ३० गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्ने भएको छ । नेपाल विद्यार्थी सङ्घ त्रिभुवन विश्वविद्यालय समितिले स्ववियु निर्वाचनसहित पाँचबुँदे माग राखेर ४८ दिनदेखि बसेको रिले अनशन तोड्दै स्ववियु निर्वाचन गर्ने गरी त्रिवि र विद्यार्थीबीच सहमति भएको हो । त्रिविले स्ववियु निर्वाचन गर्नका लागि यही चैत २५ गते सर्वपक्षीय छलफल गर्ने भएको छ । ...

राष्ट्रपति भण्डारी बङ्गलादेश प्रस्थान

राष्ट्रपति भण्डारी बङ्गलादेश प्रस्थान
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको दुई दिवसीय राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उहाँ बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा त्यसतर्फ प्रस्थान गर्नुभएको हो । राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहान ८ः४० बजे राष्ट्रिय ध्वजावाहक नेपाल...