बौद्धको ल्होसारमा पर्यटन प्रवद्र्धनमा जोड दिइने
बौद्ध क्षेत्रमा तामाङ जातिले मनाउने २८५६औँ सोनाम ल्होसारका लागि मूल समारोह समिति गठन गरिएको छ । बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्वमा गठित ६० सदस्यीय समितिमा बौद्ध क्षेत्रमा क्रियाशील सबै संस्थाका प्रतिनिधि सदस्य छन् ।
यही माघ ११ गते सुँगुर वर्षलाई बिदाइ गरी मुसा वर्षमा प्रवेश गर्ने समितिका अध्यक्ष चन्द्रमान लामाले राससलाई जानकारी दिनुभयो । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्रमा स...