सुदुरपूर्वमा अवस्थित ताप्लेजुङ जिल्लाबाट काठमाडौं आई विभिन्न पेशा, व्यावसायमा सक्रिय ताप्लेजुङेहरुको साझा संस्था ताप्लेजुङ समाज नेपालले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा आगामी २०७६ साल फागुन १७ गते शनिबार ‘बृहत शिवपुरी पदयात्रा –२०२०’ आयोजना गर्दैछ ।
संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्य तथा नेपाली कांग्रेसका युवा नेता एवम् पूर्व मन्त्री गगन थापाको विशेष आतिथ्यमा आयोजना गरिने उक्त वृहत पदयात्रामा उल्लेख्य मात्रामा विदेशी पर्यटकहरुसहित २ हजारभन्दा वढीले सहभागिता जनाउने पदयात्रा कार्यक्रमका संयोजक रमेश बरालले जानकारी दिए ।

जिल्लावासीवीच चिनजान, ताप्लेजुङ जिल्लाको पर्यटन प्रवर्दन लगायतका उदेश्य राखी आयोजना गरिएको वृहत पदयात्रा काठमाडौंको वुढानिलकण्ठ मन्दिरबाट शुरु भई नेपाली सेनाद्धारा संरक्षित शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रहुदै नारायण डाडा पुगी पुनः बुढानिलकण्ड मन्दिर आएर समाप्त हुनेछ । पदयात्राकै क्रममा शिवपुरी क्षेत्र सरसफाई अभियानसमेत संचालन गरिने बताईदिएको छ ।

ताप्लेजुङ समाज नेपाल, पदयात्रा आयोजक समितिले दिएको जानकारीअनुसार उक्त पदयात्रामा सहभागी हुन चाहनेहरुका लागि खाजा, खाना, निकुञ्ज प्रवेश शुल्क समेटेर १ हजार रुपैया शुल्क लाग्ने टिकटको व्यावस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया