काठमाडौं एम डी एडभेन्चर ट्राभल्स एण्ड टुर्सले गोसाईकुण्ड लगायत देशभरका विभिन्न धार्मिक तथा पाकृतिक सुन्दरस्थलका लागि सस्तो हेली प्याकेज ल्याएको छ।

विशेष गरी आन्तरिक पर्यटकको रोजाईमा रहेको स्थानलाई लक्षीत गरेर प्याकेज ल्याएको एम डी एडभेन्चर ट्राभल्स एण्ड टुर्सका प्रबन्ध निर्देशक लिला लामाले बताए।

उनले भने घुम्न जान चाहने तर एकै पटक पैसा तिर्न नसक्नेहरुका लागि स्थानअनुसारको किस्ताको पनि ब्यवस्थापन गरेको जानकारी दिए। अहिले आन्तरिक पर्यटकहरु विशेष गरी गोसाईकुण्ड, हलेसी, लाङटाङ क्षेत्रमा अत्याधिक रूची देखाएको बताए।

‘अहिले हामीले गोसाईकुण्डमा १७ हजार ४ सय ९९ रूपैया प्रतिव्यक्ति लिने गरेका छौं। प्रत्येक उडानमा ५ जना रहने गरि व्यवस्था मिलाएका छौ’,एम डी एडभन्चर ट्राभल्स एण्ड टुर्सका स्वदेश ब्यवस्थापन प्रमुख सुनिल महर्जनले जानकारी दिए।

यदि एकमुष्ट पैसा दिन नसक्नेका लागि प्रति महिना १ हजार ६ सय ५ रुपैया एक वर्षसम्म तिर्ने गरि ब्यवस्थापन गरेको उनले बताए।

काठमाडौंदेखि गोसाईकुण्ड लगायत अन्य कुनै पनि गन्तव्य हेलिमा गएका पर्यटकले ३० देखि ४५ मिनेट समय खर्चिन पाउनेछन्।

कहाँ जान कति लाग्छ ?

लाङटाङ – २९ हजार ५ सय प्रतिब्यक्ति
हलेसी – ३९ हजार ७ सय ९९ रुपैयाँ प्रतिव्यक्ति
मुक्तिनाथ -७० हजार ५ सय रूपैया प्रतिब्यक्ति
गोसाईकुण्ड – १७ हजार ४ सय ९९ रूपैया प्रतिव्यक्ति
यदि एकमुष्ट पैसा दिन नसक्नेका लागि हरेक महिना तिर्ने गरी किस्ताबन्दीमा पनि रकम तिर्न सकिने एमडी एडभन्चर टाभल्स एण्ड टुर्सका स्वदेश ब्यवस्थापन प्रमुख सुनिल महर्जनले जानकारी दिए।

सम्पर्कःएम डि एडभान्चर एण्ड टुर्स प्रा.लि.
सुनिल महर्जन–९८०१९०४७२०,०१(४४३५८०९, ०१(४४२२१५८

तपाईको प्रतिक्रिया