आलेख – अपाङ्गता भएका व्यक्तिलाई भत्ता अपुग
माघ महीनाको चिसो सिरेटो । बिहानीको झुल्के घामसँगै घरको आँगनमा आमाको सहारामा ह्विलचेयरमा निस्कनु हुन्छ हरिचन्द्र रावल । खलाचौरस्थित कर्णाली राजमार्गको छेउमा उनको घर छ ।
घरदेखि वरपर जान नसक्ने भएपछि दुई वर्षदेखि उहाँले घरको आँगनमै दिन बिताइरहनु भएको छ । कर्णाली राजमार्गमा गुड्ने सवारी साधन र आवत जावत गर्ने मान्छे हेर्दै उहाँको दैनिकी बित्ने गर्दछ । चन्दननाथ नपा–७ खलाचौरका २४ वर्षीय रावल पूर्ण अ...