गलेश्वर – म्याग्दीको बेगखोलास्थित बोगखोला नौमती बाजा समूहले गाउँघरमा हुने विवाह, पास्नी तथा सार्वजनिक कार्यक्रममा प्राप्त हुने आम्दानीबाट बचत गरेको रु एक लाख महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरेको छ ।

समूहका सदस्य तुलप्रसाद फगामी, थमप्रसाद फगामी र यामबहादुर पूर्जाले पोखराको न्यूरोड स्थित इस्माइल क्याफेमा राष्ट्रिय आविष्कार केन्द्रका संयोजक महावीर पुनलाई भेटेर सो रकम हस्तान्तरण गर्नुभएको हो ।

सोही अवसरमा रघुगङ्गा गाउँपालिका–१ का अध्यक्ष बिलबहादुर फगामीले व्यक्तिगतरुपमा रु १० हजार प्रदान गर्नुभएको थियो ।

नौमती बाजा समूहले विवाह लगायतका कार्यक्रममा बाजा बजाएर प्राप्त गरेको आम्दानी तीन भाग लगाई दुई भाग समूहमा संलग्नले पारिश्रमिक लिने र एक भागलाई सामाजिक कार्यमा सहयोग गर्नका लागि कोषमा जम्मा गरी राख्ने गरेको बेग नौमती बाजा समूहका सदस्य तुलप्रसाद फगामीले जानकारी दिनुभयो । फगामीका अनुसार बाजा समूहले गाउँमा निर्माणाधीन महादेव माविको भवन निर्माणका लागि रु एक लाख हस्तान्तरण गरिसकेको छ ।

तपाईको प्रतिक्रिया