दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क

दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क
सउल -दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले सोमबार आयोजित पत्रकार सम्मेलनमा कोभिड–१९ विरुद्वको खोप कोरियामा रहने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकलाई निःशुल्क प्रदान गर्ने बताउनुभएको हो । यसअघि आफ्ना स्वदेशी नागरिकलाई मात्र निःश...

अमेरिकी राष्ट्रपतिको शपथ तयारी

अमेरिकी राष्ट्रपतिको शपथ तयारी
वासिङटन - अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडन र नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसको शपथ कार्यक्रममा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।  उनीहरूले बुधबार शपथ लिँदै छन् । शपथ ग्रहणका वेला सशस्त्र आक्रमणको आशंका गर्दै वासिङटनमा २५ हजार सैनिक तैनाथ गरिएको छ । यो संख्या अफगानिस्तान, सिरिया र इराकमा तैनाथ कुल अमेरिकी सैनिकको ५ गुणा हो । विगत केही दिनदेखि अमेरिकी सुरक्षा संस्थाले शपथ ग्रहण ...

नयाँ कोरोनाले २०२१ झन् कठिन हुनेछ : डब्लूएचओ

नयाँ कोरोनाले २०२१ झन् कठिन हुनेछ : डब्लूएचओ
जेनेभा - विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नयाँ प्रकारको कोरोना भाइरसका कारण सन् २०२० भन्दा २०२१ झन् कठिन हुने जनाएको छ ।  कोरोनाको नयाँ प्रकार पहिलेको भन्दा धेरै संक्रमक रहेको विवरणहरू सार्वजनिक भइरहेका बेला डब्लूएचओले यस्तो चेतावनी दिएको हो । संक्रमण क्षमता निकै उच्च रहेको भाइरसको नयाँ प्रकार बेलायतसहित ५० भन्दा बढी देश र क्षेत्रहरूमा फैलिसकेको छ । नयाँ भाइरसका कारण पछिल्ला दिनहहरूमा बे...

रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचक नाभाल्नी मस्को पुग्ने बित्तिकै हिरासतमा

रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचक नाभाल्नी मस्को पुग्ने बित्तिकै हिरासतमा
काठमाडौं - रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी तथा रुसका विपक्षी नेता एलेक्सी नाभेल्नीलाई रुस पुग्ने बित्तिकै हिरासतमा लिइएको छ । उनी पाँच महिनापछि जर्मनीबाट मस्को पुगेका थिए । गत वर्ष उनीमाथि नर्व एजेन्टमार्फत् हमला भएको थियो र उनी बालबाल बचेका थिए । उनको उपचार जर्मनीमा भएको थियो । ४४ वर्षका नाभेल्नीलाई पासपोर्ट कन्ट्रोलबाट प्रहरीले आफूसँगै अलग्गै लगेको हो । बर्लिनबाट आएको नाभेल्नीको फ्ल...

युट्युबद्वारा राष्ट्रपति ट्रम्पको खाता निलम्बन

युट्युबद्वारा राष्ट्रपति ट्रम्पको खाता निलम्बन
वासिङ्टन - गूगलको स्वामित्वमा रहेको युट्युबले राष्ट्रपति डोनाल्ड ट्रम्पको च्यानललाई एक साताका लागि निलम्बन गरिदिएको जनाएको छ । साथै आफ्नो नीति विपरीत हिंसा भड्काउने किसिमको उत्तेजक सामग्री पोस्ट गरेको जनाउँदै युट्युबले ती सामग्री पनि हटाई दिएको छ । गत साता अमेरिकी संसद क्यापिटोलमा भएको ट्रम्प समर्थकको आक्रमणपछि ट्वीटर र फेसबुकले ट्रम्पका निजी खाता (अकाउन्ट) बन्द गरिदिएका छन् । अमेरिकी ठूला ...

पुन समाज बेलायतको १३ औं बार्षिक साधारण सभा सम्पन्न

पुन समाज बेलायतको १३ औं बार्षिक साधारण सभा सम्पन्न
लण्डन - विगतको समिक्षा र भावी कार्य योजना तयार गर्दै पुन समाज युकेको विद्युतीय (भर्चुअल जुम) माध्यमबाट गत शनिवार २ जनवरीमा १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । ५ सय ८० सदस्य संख्या रहेको पुन समाज युकेको विविध परिस्थितीले यस साधारण सभामा जम्मा ८० सदस्यहरुको सहभागिता रहेका थियो। अध्यक्ष धनबहादुर थाने पुनको अध्यक्षमा सम्पन्न साधारण सभामाबार्षिक गतिविधिको समिक्षा र भावी कार्ययोजनाहरु प्रस...

जनवरीदेखि कोरोनाविरुद्धको खोप दिने क्यानडाको तयारी

जनवरीदेखि कोरोनाविरुद्धको खोप दिने क्यानडाको तयारी
क्यानडा सरकारले आगामी जनवरीदेखि कारोनाविरुद्धको खोप दिने तयारी गरेको छ ।   क्यानडामा खोप वितरण कार्यको जिम्मेवारी पाएका मेजर जनरल डेनी फोर्टीनले जनवरीदेखि खोप वितरण गर्नेगरी तयारी भइरहेको जानकारी दिए । ‘यो धेरै गाह्रो काम हो, हामी गरिरहेका छौँ, जनवरीमा खोप आउने र तत्कालै हामीले वितरण गर्नेगरी तयारी गरिरहेका छौँ,’  उनले भने । उनलाई क्यानडाको सरकारले गत हप्ता सार्वजनिक स्वास्थ्य ...

महिला आईपीएलको उपाधि ट्रेलब्लेजर्सलाई

महिला आईपीएलको उपाधि ट्रेलब्लेजर्सलाई
महिलाको टी–२० आईपीएलको फाइनलमा ट्रेलब्लेजर्स टिमले सुपरनोभाजलाई हराएर पहिलोपटक प्रतियोगिताको उपाधि जितेको छ। सोमबार सारजहामा भएको फाइनल खेलमा टे«लब्लेजर्सले सुपरनोभाजलाई १६ रनले हराएको हो। यसका साथै सुपरनोभाजको उपाधिमाथि ह्याट्रिक गर्ने अवसर पनि समाप्त भएको छ। हरमनप्रीत कौरको टिम सुपरनोभाज अघिल्ला दुई संस्करणका विजेता थियो। टस हारेर ब्याटिङ गरेको टे«लब्लेजर्सले सुपरनोभाजलाई १ सय १९ रनको विज...

कोरोनाविरुद्ध कहिले कुन खोप आइपुग्छ ?

कोरोनाविरुद्ध कहिले कुन खोप आइपुग्छ ?
संसारभर सबैको एउटै साझा चिन्ता छ, कोरोना भाइरसविरुद्धको खोपको विकास कहिले होला ? यो आमनागरिकको पहुँचमा कहिले पुग्ला ? यसको उत्तर सहज छैन। तर, धेरैको अनुमान छ कि परीक्षणका क्रममा रहेका केही खोपले नोभेम्बर अन्तिमसम्ममा सफलता पाउनेछन्। अर्को वर्ष मध्यसम्म आमनागरिकको पहुँचमा खोप पुग्नेछ। विश्व स्वास्थ्य संगठनका अनुसार खोप विकास गर्न विश्वभरका १ सय ८२ कम्पनीले क्लिनिकल परीक्षणका लागि आवेदन दिएका...

युद्ध अन्त्य गर्न अर्मेनिया र अजरबैजानबीच सम्झौता

युद्ध अन्त्य गर्न अर्मेनिया र अजरबैजानबीच सम्झौता
नागोर्नो–काराबाखमा भइरहेको युद्ध अन्त्यका लागि अर्मेनिया र अजरबैजानले सम्झौता गरेका छन् ।  रुसको रोहबरमा मंगलबार दुई देशले युद्ध अन्त्य गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । योसँगै क्षेत्र क्षेत्रमा झण्डै दुई हजार शान्ति सैनिक खटिएका छन् ।  सन् १९९४ देखि अर्मेनियाको आदिवासी समुदायको नियन्त्रणमा रहेको यस क्षेत्रलाई दुवै देशले आफ्नो क्षेत्रको रुपमा दावी गर्दै आएका छन् ।  यस भूमिलाई आफ...