काठमाडौं – नेकपा (प्रचण्ड–माधव) पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनविरुद्ध आफूहरु आन्दोलित रहेकाले त्यसलाई अन्यथा नलिन आग्रह गर्नुभएको छ । प्रेस संगठन नेपालका आफू निकट पत्रकारहरुको भेलामा आज अध्यक्ष प्रचण्डले सो कुरा बताए ।

हिंसालाई सहयोग पुग्ने गरी आफूले अभिव्यक्ति नदिएको स्पष्टीकरण दिंदै उहाँले भन्नुभयो, “हामी बन्दुकले होइन, मतपत्रको माध्यमले देश निर्माण गर्ने भनेका छौं ।” आफूले बोलेको कुरा अपभ्रंश हुने गरेको उहाँले टिप्पणी गर्नुभयो ।

“देशलाई पुनः निरंकुशतातर्फ धकेल्ने जुन षडयन्त्र भएको छ, यसलाई हर हालतमा रोक्नुपर्छ” उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीको कार्यशैली र व्यवहारले मुलुक संकटमा जाने देखिएको अध्यक्ष प्रचण्डले टिप्पणी गर्नुभयो ।

यसैगरी सो पक्षका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गरेका ओलीले आफुलाई कामचलाउ भएको स्वीकार्नु पर्ने वा प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने बताउनुभयो । पद प्राप्तिका लागि आफू र दाहाललाई भ¥याङ बनाएको टिप्पणी गर्दै उहाँले नेताहरूलाई जालझेल गर्ने ओली झुटको पुलिन्दा भएको आरोप लगाउनुभयो ।

नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले ओलीप्रति लक्षित गर्दै पार्टीभित्रकै निरङ्कुश महाराजालाई देख्न नसक्नु दुःखद भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया