ताप्लेजुङ – नेपाली मौलिक कथानक चलचित्र ‘घरजम’ प्रर्दशन हुने भएको छ । किरात याक्थुङ कलाकार मञ्च ताप्लेजुङको आयोजनामा मंसीर २५ गते शनिबार सिटी हलमा बिहान ११ बजे प्रर्दशन हुदैछ ।

रोमियो फिल्मस् प्रा.लि.को ब्यानरमा बनेको फिल्मको निर्माता किशोर कुमार लिम्बू र सीता कुमारी तुम्बापो हुन् ।

यस अघि ‘थात्थलो’ फिल्मको निर्माण गरी अभिनय संगै कलाकार क्षेत्रमा होमिएका निर्माता दम्पतीले म्यूजिक भिडियोहरुमा अभिनय साथै निर्देशन पनि गरेका छन् ।

फिल्ममा कमेडी च्याम्पियन (सिजन – २) का बिजेता भरतमणी पौडेल, बुद्धी तामाङ, सिर्जना सुब्बा, यासेली योङहाङ, रबी शेर्मा, किशोर कुमार लिम्बू, हेमराज अन्छङ्गबो, कुशल थलङ, सुस्मा लिम्बू, ईसिका जबेगु, सीता कुमारी तुम्बापो, आयुषा लिम्बुखिम, जीवन भट्टराई, शैलेन्द्र थेबे, नुनाम केरुङ, दिनेश माङमु, बिरेन्द्र खाम्दाक, सञ्जय निङलेकु र मनु थक्लुङ आदिको अभिनय रहेकोछ ।

मौसम लिम्बुले निर्देशन गरेको चलचित्रलाई युवराज राइले छायांकन गरेका छन् भने फिल्मको कथा उपेन्द्र सुब्बाले लेखेका हुन्।

तपाईको प्रतिक्रिया