काठमाडौं – सल्यान त्रिवेणी गाउँपालिकाले गाउँपालिकाभित्रका विद्यालयमा प्राथमिक उपचारको व्यवस्था गरेको छ । पठनपाठनका क्रममा विद्यार्थीमा देखिन स्वास्थ्य समस्या समाधानका लागि विद्यालयमै प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था गरिएको हो ।

पठनपाठनका क्रममा विद्यार्थी तथा शिक्षकको स्वास्थ्यमा कुनै समस्या देखापरेमा पठनपाठन नै छोडेर स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यताको अन्त्य गर्दै गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा प्राथमिक उपचारको व्यवस्था गरिएको हो । 

गाउँपालिकाभित्र रहेका २९ वटै सामुदायिक विद्यालयमा प्राथमिक उपचारका लागि सामग्री हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीले जानकारी दिनुभयो । उहाँले विद्यालयमा रहेका विद्यार्थी सङ्ख्याका आधारमा प्राथमिक उपचार सामग्री हस्तान्तरण गरिएको बताउनुभयो । 

हरेक विद्यार्थीलाई स्वास्थ्यको पहुँचमा ल्याउने र शैक्षिक सुधारका लागि यस कार्यको थालनी गरिएको अध्यक्ष डाँगीले जानकारी दिनुभयो । यस कार्यबाट स्वास्थ्यमा कुनै समस्या आएर बीचमा नै कक्षा छोड्ने विद्यार्थीको सङ्ख्यामा कमी आउने उहाँको भनाइ छ । चालू आवको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार आवश्यक बजेट विनियोजन गरेर यस कार्यको थालनी गरिएको गाउँपालिकाले जनाएको छ । 

यस्तै गाउँपालिकाले गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा किशोर–किशोरी शिक्षा सञ्चालन भइरहेको जनाएको छ । किशोरावस्थामा पुगेका विद्यार्थीका लागी स्वास्थ्यकर्मीको उपस्थितिमा महिनाको दुई पटक किशोर–किशोरी कक्षा सञ्चालन भइरहेको छ ।

हस्तान्तरण गरिएका सामग्रीमा ब्यान्डेज, टिन्चरलगायत सामान्य रुघाखोकी, झाडापखालालगायत रोगमा आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । पठनपाठनका समयमा विद्यार्थीमा देखिने स्वास्थ्य समस्याका बारेमा विद्यालयमै प्राथमिक उपचार गर्ने र त्यपछि थप उपचारका लागि स्वास्थ्य संस्थामा पु¥याइने गरी व्यवस्थापन गरिएको छ । 

सामुदायिक विद्यालय रहेका क्षेत्रका नजिकमा स्वास्थ्य संस्था नहुँदा विद्यार्थीलाई  समस्या हँुदै आएको थियो । विद्यालयमै प्राथमिक उचारको व्यवस्था भएपछि विद्यार्थी खुशी भएका छन् । यस्तै विद्यालयमा रहेका विद्यार्थीको स्वास्थ्यमा सुधार गर्न तल्लो कक्षामा अध्ययनरत विद्यार्थीका लागि पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन गरिएको छ । 

तपाईको प्रतिक्रिया