रेल वे स्टेशनमा बसेर रानु मण्डलले गाएको एक गीत भाइरल भयो । लता मंगेशकर जस्तै गाउन सक्ने रानुका फ्यान लाखौ भए । उनले ‘एक प्यार का नग्मा हे’ बोलको गीत गाएकी थिइन् । रेल वे स्टेशनमै बसेर उनले गीत गाएर गुजारा चलाउँदै आएकी थिइन् ।

रानुले गाएको भिडियो अतिद्र चक्रवती नाम गरेका एक युवाले खिचेर सामाजिक संजालमा पोष्ट गरेका थिए । रानुले गाएको मन परेकाले उनले भिडियो खिचेका थिए । उनले पोष्ट गरेको केही समयमा नै भिडियो भाइरल भएको थियो । रानुको स्वरको चौतर्फी चर्चा भयो । भिडियो भाइरल भएपछि उनीमाथि संगीत क्षेत्रका हस्तीहरुको पनि आँखा पर्यो ।

रानुलाई गायक तथा संगीतकार हिमेश रेशमियाले पहिलो पटक गीत गाउने अवसर दिए । उक्त गीत रेकर्ड भएपछि अहिले रानुको माग निकै बढिरहेको छ । बलिउड चलचित्रदेखि भोजपूरी चलचित्रका मेकरले समेत उनलाई अफर गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया