काठमाडौँ – सेन्टर मिडिया पोइन्ट र धुन कला केन्द्रको संयुक्त आयोजनामा मिस एसइइ – २०१९  (सिजन -८) को पहिलो राउण्डको अडिसन  शनिबार राजधानीमा सम्पन्न भएको छ ।

अडिसनमा काठमाडौं लागायत झापा, मोरङ, खोटाङ, रामेछाप, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली लगायत विभिन्न जिल्लाहरुबाट सहभागी भएका थिए ।

मिस एसइइ २०१९ को विजेतालाई ३ लाख बरावरको पुरस्कार दिईनेछ । सिल्बर क्रोउन र गिफ्ट हेम्परका साथै छात्रावृत्तिको व्यवस्था समेत गरेको छ ।

मिस एसइइ २०१४ का विजेता असिना बराल र २०१५ का बिजेता बर्षा मर्हजन पहिलो राउण्डको छनोट कार्यमा निर्णायको भुमिकामा रहेका थिए ।

पहिलो चरणमा छुटेकाहरुलाई आउदो बैशाख १४ गते शनिबार अडिसन लिने आयोजक तथा सेन्टर मिडिया पोइन्टका अध्यक्ष किरात बिन्द्र (बाघबंशी) ले बताए । मिस एसइइको फाइनल यात्रा भने आगामी आसार २३ गते सोमबार सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा हुनेछ ।

तपाईको प्रतिक्रिया