काठमाडौं साउन १५ र नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफू मन्त्री भएकोमा पत्रिकामा विज्ञापन नदिन आग्रह गरेका छन्।

मन्त्री बनेपछि बधाई दिने प्रचलन भए पनि आफूलाई त्यो रमाइलो नलाग्ने बताए थिए। बधाई दिने चलन छ, म सबैलाई आग्रह गर्न चाहन्छु कसैले पनि मलाई पत्रिकामा बधाई विज्ञापन नदिनुहोला,’ बुधबार साँझ सिंहदरबारमा पदभार ग्रहणपछि बोल्दै भट्टराईले भने।

फाईल तस्विर
उनले मन्त्रालयमा बोलिने भाषामा पनि चासो देखाएका छन्। आइस्योस्, गइस्योस् भन्ने भाषा मन्त्रालयमा कसैले पनि प्रयोग नगर्न भट्टराईले निर्देशन दिएका छन् ।‘सिंहदरबारमा आइस्योस्, गइस्योस् भन्ने भाषा छ भन्ने सुनेको छु, यसअघि भए पनि अब त्यस्तो भाषा कसैले पनि प्रयोग नगरिदिनु होला,’ उनले भने।

‘अहिले नेपाल एयरलाइन्स प्रति जसरी प्रश्न उठेका छन् तिनको समाधानका लागि छलफल गर्नेछौं, उठेका प्रश्न न्यूनीकरण गर्नेछौं,’ मन्त्री भट्टराईले भने,‘एकदिन यस्तो बनाउँछौं, वाह१ नेपाल एयरलाइन्स भन्ने हुन्छ।’‘मलाई १ बजे बोलाएर प्रधानमन्त्रीले मन्त्रीको प्रस्ताव गर्नुभयो । योगेश भट्टाराईले नेपाल एयरलाइन्सको साख माथि उठाउने बताएका छन्।

भट्टराईले भने, ‘यो मन्त्रालयमा कति नम्बरमा परेँ थाहा छैन। फोटा धेरै छन्। उहाँहरू सबैसँग राय सुझाव लिनेछु।’उनले आफू अपर्झट मन्त्रालय सम्हाल्न आइपुगेको बताए।

भिडियो हेर्नुहोस्…..

तपाईको प्रतिक्रिया