काठमाडौं – गायिका मनमा बीराइको स्वरमा रहेको ‘हातैमा बाला’ बोलको गीत सार्वजनिक भएको छ । आदिम आवाज अनलाइन टिभीको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

नेपाली गायनको क्षेत्रमा एकदसक समयदेखि निरन्तर लागि परेकी गायिका मनमा बीराई निकै राम्रो गायिकाको रुपमा स्थापित नाम मध्ये एक हो ।

आदिम आवाज अनलाइन टिभी स्टुडियोमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको उक्त म्युजिक भिडियो हेरिसकेपछि वरिष्ठ सञ्चारकर्मी नारायण देवान, वरिष्ठ गायिका सरोजा मुकारूङ देवान, युवा सञ्चारकर्मी तथा पत्रकार प्रकाश पोखरेल तथा युवा गायिका रश्मि राईले भिडियो अत्यन्तै अब्बल र नेपालीपनले भरिएको भन्ने प्रतिक्रिया दिएका थिए ।

गीतकार टीका चाम्लिङको अत्यन्तै मीठो शब्द रचना र वरिष्ठ सङ्गीतकार वसन्त मुकारूङको उस्तै मीठो सङ्गीत रहेको उक्त गीतको छायांकन काठमाडौंको टोखा र जीतपुर फेँदीमा गरिएको छ ।

नायक तथा गायक योगेन्द्र र नयाँ प्रस्तुतिमा नायिका ग्रेशिना राई लगायत करिब आधा दर्जन नयाँ कलाकारको सुन्दर अभिनय रहेको म्युजिक भिडियोलाई खुशी चाम्स रोदुङ (रबिना राई) ले निर्माण गरेकी हुन् भने वीरेन्द्र भट्टले छायांकन गरेका हुन् ।

युवा नृत्य निर्देशक सुमित गुरूङको कोरियोग्राफी रहेको उक्त म्युजिक भिडियोको सम्पादन तारा थापा ुकिम्भेु ले गरेका हुन् भने प्रशिद्ध नृत्य निर्देशक कमल राईको निर्देशन रहेको छ ।
भिडियो…

तपाईको प्रतिक्रिया